जर्मनीकी चान्सलर मर्केल क्वारेन्टाइनमा(स्वयम निगरानीमा )

इनेप्लिज २०७६ चैत ९ गते २०:४४ मा प्रकाशित

जर्मनीकी चान्सलर (राज्य प्रमुख) एन्जेला मर्केल क्वारेन्टाइनमा(स्वयम निगरानीमा )बस्न थालेकी छिन् । गत हप्ता चिकित्सकले उनलाई खोप दिए पछि कोरोना भाइरस(कोभिड-१९) निश्चित भएको हो ।

कोभिड-१९ निश्चित भए पछि उनि स्वयम निगरानीमा बस्न सुरु गरेकी छिन् । आइतबार मर्केलका प्रवक्ता स्टेफेन सेबर्टले जर्मनीमा भाइरसको फैलावटको रोकथामका लागि मर्केलले उक्त कुरा बाहिर ल्याएको केही समयपछि घोषणा गरेका हुन् ।

” मर्केलले तुरुन्तै आफूलाई घरमा अलग्गै राख्ने निर्णय गरि सकेकी छिन् ,” । उनले भने, “उनलाई थप केही दिन नियमित परीक्षण गरिनेछ।”

“उनले घरबाट आधिकारिक कामकाज जारी राख्ने छिन ,” सेबर्टले थपे।

मर्केलले आइतबार महामारीको विरूद्ध लड्न प्रतिबन्ध विस्तार गरेकी छिन । र जर्मनहरूलाई परिवारबाहेक दुई भन्दा बढीको समूहमा जम्मा हुन् निषेध गरेको छ ।

श्रोत/तस्बिर : ब्लुम्बर्ग

प्रतिक्रिया