दुईवटा टुक्रा कविता

विनोद रोका, न्युर्योक, २०७६ चैत ९ गते १६:०६ मा प्रकाशित

आध्यात्म समतामा छ बिज्ञान रुदैछ

सायद अब नवयुगको सुरुवात हुदैछ

पैसा कमाऊने मेशिनले मान्छे हुन पायो

श्रम शिविर बन्दहुदा परिवार भन्न पायो।

हामी सामुहिक कर्मको फल भोग्दैछौ

कष्ट आएपछि त्यस्को कारण खोज्दैछौ

अब प्रेमिले प्रेमिकाको म्वाई खान छोडयो

मित्रले मित्र देख्दा ढोका थुन्दै मुख मोडयो।

विनोद रोकान्युर्योक

प्रतिक्रिया