मोरङको टाडीमा २०० क्षमताको क्वारेन्टाइन १ नं. प्रदेशमा ६ सय बेडको पुर्व तयारी आर्मीद्धारा (भिडियो सहित)

इनेप्लिज २०७६ चैत ८ गते १६:३७ मा प्रकाशित

गोपाल काफ्ले पथरी,

फागुन ७

कोरोना भाइरसको संक्रमण नेपाल हाल सम्म नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मी र १ नं. प्रदेस नम्बरले मोरङका विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ ।

१ नं. प्रदेसमा झापाको कलवलगढी, मोरगंको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले प्रदेश सरकारको समन्वयनमा कोरोना संक्रमणका लागि ३ स्थानमा ६०० क्षमताको क्यारेन्टाइन स्थापना गरिएको हो ।

चिनमा पहिलो पटक देखा परेको कोरोना भाइरसले विश्व संक्रमणमा रहेको र दक्षिणी छिमेकी मुलुक भारतमा समेत संक्रमीत फेला परेकाले प्रदेस नम्बर १ मा उच्च सर्तकता सहित क्वारेन्टाइन स्थापना गरिएको हो । मोरगंको टाँडीमा नेपाली सेनाले २ सय क्षमताको क्वारेन्टाइन स्थापना गरेको नेपाली सेनाको २ नम्बर वाहिनिपति यामप्रदास ढकालले जानकारी दिए । आवश्यकता बढेको खण्डमा क्वारेन्टाइन थप समेत सकिने वाहिनिपति ढकालले जानकारी दिए । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको क्वारेन्टाइनमा कोरोनासंग जोडिने स्वास्थ्य सुरक्षाका पद्धतिहरु अपनाएर क्वारेन्टाइन वनाइएको सैनिक अस्पताल इटहरीकी महासेनानी डा.सरिता केसीले जानकारी दिइन । टाँडीमा एक सय वटा टेन्टमा प्रत्येकमा कोरोनाका शंकास्पद दुई जनालाई राख्ने गरि कुल २ सय जना राख्न सकिने गरि क्वारेन्टाइन स्थापना भई सकेको छ । सो क्वारेन्टाइनमा स्वास्थ्य मापदण्ड अनुसार शंकास्पद विरामीहरुलाई निगरानीका साथै उपचार पद्धति सहित राखिने छ । नेपाली सेनाले टाँडीसहित झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहनेगरी क्वारेन्टाइन बनाएको पृतना मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया