उगाण्डामा नेपाली महाबाणिज्यदूतबासको विधिवत उद्घाटन

इनेप्लिज २०७६ चैत ५ गते २२:०३ मा प्रकाशित
उगाण्डाको क्याम्पालामा नेपाली बाणिज्यदूतबासको विधिवत उद्घाटन भएको छ । उगाण्डाका लागि नेपाली  अवैतनिक महाबाणिज्यदूत सुधिर रुपारेलियाले ओहदाको प्रमाण पत्र बुझाएका छन् ।  उनले विदेश मामला मन्त्रि साम कुटेसालाई ओहदाको प्रमाण पत्र बुझाएका हुन् । गत मार्च १७ का दिन नेपाली बाणिज्यदूतले बोल्दै दुई देश बीच व्यापार कारोवारलाई जोड्ने बताए ।
र उगाण्डामा रहेका ब्यापार समुदायलाई नेपालमा अवसर प्रदान गर्ने कुरामा जोड दिए । उक्त कार्यक्रममा इजिप्टका लागि नेपाली राजदुत झबिन्द्र अर्यालको पनि उपस्थिति रहेको थियो ।  अफ्रीकाका अर्ब पति र ठूला विभिन्न ब्यबसायका मालिक सुधिर रुपारेलियालाई नेपाल सरकारले गत फेब्रुअरी महिनामा अवैतनिक बाणिज्यदूत नियुक्त गरेको थियो ।
पूर्वीय अफ्रीकाका सबै भन्दा धनाढ्य भनि फोर्ब्स पत्रिकाले उनलाई सूचीमा राखेको थियो ।

प्रतिक्रिया