मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न ।
धरान , चैत्र ५ ।
गीतकार शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा को विशेष शो धरान मंगलबार एक विशेष कार्यक्रमका विच धरानको गणेश टाकिजमा सम्पन्न भएको छ ।
नेपाली चलचित्र भित्रका विविध सकारात्मक तथा नकारात्मक गतिविधीलाई निमार्ण भएको चलचित्रलाई आम दर्शक तथा स्रोताले निकै मन पराएको चलचित्रकी प्रस्तुतकर्ता कला राई महर्जनले बताइन । साथै बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती रहने नेपाली कथानक चलचित्र तक्दिरको छायाँकन आगामी चैत्र२० गते बाट धरान र आसपासका रमणिय स्थानमा छायांकन हुने सो कार्यक्रममा घोषणा गरिएको छ । चलचित्रमा रबि खड्का ,राजु पौड्याल ,श्रेया दुलाल,कसिस दाहाल, मेनुका माझी, गगां कुवर,लक्ष्मी श्रेष्ठ , विशाल सुनुवार ,सागर गुरु चौलागाईं ,शत्रुघन अन्सारी को अभिनय रहने भएको छ । कृष्ण पाण्डेको छायाँकन , देव महर्जनको द्धन्द्ध , नृत्य राजन महर्जन ,राजेन्द्र बजगाइ र रेखा पौडेल को संगीत ,नित्याशिवा र राजेन्द्र बजागाइ को स्वर रहने छ ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया