नेपालमा पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर २ रुपिंया घट्यो

इनेप्लिज २०७६ चैत ३ गते १५:५० मा प्रकाशित

काठमाडौं । अन्तराष्ठ्रिय वजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै जांदा नेपाल आयल निगमले पनि पनि मूल्य घटाएको छ । नेपाल आयल निगमले तोकेको नयां मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपिंया घटाएको छ । परिवर्तित मूल्य अनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर १०६, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९५ रुपिंया कायम भएको छ ।

घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ। नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

मूल्य समायोजनपछि अब बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोबाट १५ किलोमिटर दुरीसम्म ढुवानी हुने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दुरीसम्मको १०५ रुपैयाँ ५० पैसा कायम भएको छ। थानकोट, सुर्खेत र दिपायल डिपोमार्फत ढुवानी हुने पेट्रोलको मूल्य १०६ रुपैयाँ कायम भएको छ।

बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोमार्फत १५ किलोमिटर दुरीसम्म डिजेल र मट्टितेलको खुद्रा मूल्य ९३ रुपैयाँ ५० पैसा कायम भएको छ। सोही दुरीमा पोखरा र दाङ डिपोमार्फत जाने मट्टितेल र डिजेलको खुद्रा मूल्य ९४ रुपैयाँ ५० पैसा तोकिएको छ। थानकोट, सुर्खेत र दिपायलमार्फत ढुवानी हुने डिजेल, मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया