कोरोना भाइरस ( कोभिड-१९) सॅंग डराउने कति र त्यस्को असर जनमानसमा !

शशी के.सी २०७६ फागुन ३० गते १६:३८ मा प्रकाशित

जे कुराको पनि “आफुलाई परेपछि जानिन्छ” भन्छन् नी तेस्तै अवस्थामा अहिले संसार लडिरहेछ वा लड्न तयार हुॅंदैछ यो कोरोनाभाइरस( कोभिड-१९) सॅंग। अहिले फैलिएको कोरोना भाइरस/ नोभिक कोरोना भाईरस पहिलो पटक चीनको “हुआन” शहरमा २०१९ कोअन्त्यतिर भेटिएको र यो भाइरस सर्पबाट आएको मानिन्छ। शुरूका दिनहरूमा चीनमा मात्र हुॅंदा र चीन एक्लै यसको रोकथाम रउपचारमा लागिरहॅंदा संसारका सबै देश चुप लागेर बस्यो, चीनको समस्या, हाम्रो हैन जस्तो गरेर। चीनले आफ्नो तर्फबाट जनतालाईबचाउन, २ दिनमा हस्पिटल बनाउने देखि फैलिन नदिन जनतालाई घरबाट निक्लन दिएन, संक्रमित बिरामीलाई चौध दिन छुट्टै राखेरउपचार गर्यो । अहिले लगभग तिन महिनापछि चीनले घोषणा गर्दैछ की यो भाइरस चीनमा समाप्त भयो ।

तर यसबिचमा चीनबाट कति आवत जावत गरेर संसारको कहाॅं कहाॅंसम्म मान्छे पुगे तेस्को हिसावकिताव कसैसंग छैन। हो यो भाईरसकोसंक्रमण फैलिन थाल्यो भन्नेसाथ, अमेरिका लगायत नेपालले पनि आफ्ना नागरिकलाई चीनबाट प्लेन नै चार्टर गरेर आफ्नो देश ल्याएर चौध दिन छुट्टै राखेर, केही गरि कोरोना भाईरस लागेकै रहेछ भने पनि संक्रमण नफैलियोस्, भन्न गरेको व्यवस्था स्वागत योग्य छ । धन्न उनीहरू चीनमा पनि घरबाट कतै नगएर भित्र बसेकाले गर्दा कोरोना भाइरसको संक्रमणबाट बचेका नै रहेछन्।

अब कुरा गरौं के हो त कोरोना भाईरस

कोरोनाभाइरसहरू एक ठुलो भाइरसहरूको समुह अन्तर्गत पर्छन जसले जनावर र मानिसलाई संक्रमण गरेर बिरामी बनाउॅंछ। तेस्तै कुनैकुनै जनावरमा लाग्ने कोरोना भाइरसहरू मानिसमा पनि सरेर मान्छेमा लाग्ने भाइरस पनि बन्न जान्छ। अहिलेसम्म सातवटा मानिसहरूमा लाग्ने कोरोनाभाईरसहरू पत्ता लागेको छ। जस मध्ये पहिलो चारवटा (229 E,NL63, OC43, and KHU1) लाई सामान्य कोरोनाभाईरसहरू मानिन्छ, यिनीहरूले कम र मध्यम किसिमले स्वासप्रश्वास प्रणालीमा असर गर्छन, अरू सामान्य रूघाखोकीले गर्ने असरजस्तै। यी भाईरसहरूको संक्रमण शरद र जाडो महिनामा बढी हुने गर्छ।

तर अरू दुई भाईरसहरू सार्स “( Severe Acute Respiratory Syndrome coronavirus -SARS) सन् २००२ मा चीनमा पत्ता लागेको थियो, जो पुरै निर्मुल हुनु अगाडी उत्तर अमेरिका, दक्षिण अमेरिकी, युरोप र एसियाका बिभिन्न २४ देशहरूमा फैलिएको थियो र यसले ८१०० मानिसलाई असर गर्यो। सन् २००४ देखि संसारभर सार्स (SARS) का बिरामी भेटिएको छैन” र अर्को मार्स “ (Middle East Respiratory Syndrome coronavirus- MERS) यो सन् २०१२ तिर अरेबियन पेनेनसुला, यस्को वरपरका देशहरू बहराइन, इराक, इरान, इजराइल, कतार, कुवेत आदीका २५०० मानिसहरूमा देखापरेको थियो।” यी दुई कोरोना भाईरसहरूले चाहीं स्वासप्रश्वास प्रणालीमा धेरै नै कडा संक्रमण गर्छ ।

अब अहिले फैलिएको सातौं किसिमको कोरोना भाईरस ( कोभिड-१९, 2019-nCoV)/ नोभेल कोरोना भाइरस जुन भरखर चीनमा पत्तालागेको नयाॅं किसिमको छ र यो पहिले कहिल्यै पनि मानिसमा देखापरेको थिएन। संसारभरका स्वास्थकर्मीहरू यो भाइरस के हो, कसरी/कति छिटो फैलिन्छ र यसको संक्रमणले के कस्तो असरहरू गर्ने रहेछ भनेर पत्ता लगाउन कोशिश गर्दैछन्। खासमा यो भाईरससॅंग डराउनुपरेको मुख्य कारण चाहीं – यो भरखर देखा परेको, नयाॅं, संसारभर छिट्टो छिट्टो फैलिन थालेको र यसलाई निको / रोकथाम पार्ने औषधीसंसारभर कहिं पनि अहिले सम्म बनाई नसकेको अवस्थाको कारणले हो।

आजसम्मको (मार्च १२,२०२०) विश्व स्वास्थ संगठनको तथ्यांक हेर्दा,यो कोरोना भाईरस- संसारको ११८ देशमा फैलिएको १२५,२८८जनालाई पक्का लागेको र ४६१४ को मृत्यु भएको देखिन्छ। जव यो भाईरस छिटो छिटो र धेरै देशहरूमा फैलिन थाल्यो तेसपछि मार्च ११तारीखको दिन विश्व स्वास्थ संगठनले महामारी नै धोषणा गर्यो। तेसैदिन अमेरिकी राष्ट्रपतिले आपतकालिन अवस्थालाई मध्य नजरगरेर, यो भाइरस अमेरिकामा अरू बढ्न नदिन, राष्ट्रको नाममा सम्वोधन गर्दै बिभिन्न कानुनहरू, ३० दिनको लागि युरोपियन यात्रा बन्दआदी घोषणा गरे। हुन त राष्ट्रपतिले बोल्नु अगाडी नै न्युयोर्क, वासिंगटन राज्य, मेरिल्याड लगाएत अरू राज्यका गभर्नरले जॅंहा जॅंहाकोरोना भाईरसको संक्रमण ज्यादा देखिएको छ, आपतकालिन अवस्था घोषणा गर्दै, बिभिन्न तयारी, उपचार आदी गर्दै थिए । ओहोअहिले त अमेरिकामा एक किसिमको डर त्रासको अवस्था छ। यसै त अमेरिकनहरू, डि.सी, मेरिल्याण्ड, भर्जिनिया एरियामा समाचारमाहिॅंउ पर्छ रे मात्र सुन्नु पर्छ, टोइलेट पेपर, दुध र पाउरोटी किन्न कुदाकुद गर्छन, अव झन कोरोना भाईरसको महामारी घोषणा पछि तपसलहरूमा टोइलेट पेपर, हात धुने सावुन, फेस मास्क, हातमा लगाउने स्यानिटाइजर, हात पुछ्ने वाइप्स, रूघाखोकीको औषधी, ज्वरोनाप्ने यन्त्र, ज्वरो कम गर्ने औषधी केही पाॅंउदैन। हुॅंदाहॅुदा नेपालीहरू धेरै बस्ने ठाॅंउको पसलतिर त चामल पनि पो सकिएको देखें आज।अहिले कोरोना भाईरस फैलिन नदिन वा यसबाट बच्न धमाधम अमेरिकाका क्याम्पसहरूले एकहप्ताको स्प्रिङ्ग ब्रेक लम्वाएर दुई हप्ताबनाए, साथै क्लासहरू पनि अनलाइन गरिसके, तेस्तै स्कुलहरूले पनि धमाधम छिट्टो र दुई हप्ता लामो”स्प्रिङ्ग ब्रेक” दिन थाले, अफिसहरूले पनि घरबाट काम गर्ने व्यवस्था मिलाउन थाले। तेस्तै बिभिन्न धेरै मान्छेहरू जम्मा हुने/ भींडभाड हुने खेलकुद, सभा, सेमिनार, चेरी ब्लसम फेस्टिभल, काइट फेस्टिभल, क्रुज आदी कार्यक्रम केही समयलाई रोक्ने वा बन्द गरिदैंछ। अति आवस्यक नभएसम्मबुढाबुढी, सबैले घर बाहिर भींडभाडमा नजानु भनेको छ।

कसरी सर्छ त कोरोना भाईरस, लक्षण अनि कसरी बच्ने सर्नबाट

WHO, UNICF, CDC आदीको कोरोना भाईरस संबन्धी जानकारी मुलक लेख पढ्दा, मानिसमा लाग्ने कोरोना भाईरसहरू चाहीं यो भाईरस लागेको वा सॅंक्रमण भएको मानिसबाट अरूमा उसले स्वासप्रश्वास फेर्दा निक्लेको स-साना तरल पदार्थका कणहरू( थुक, सिॅंगान, रयाल) जुन उसले खोक्दा, हाच्छ्युॅं गर्दा,साथै उसले छोएको ठाॅंउमा छोएर, हात नधोई आफ्नो मुख, ॲाखा, नाक छुॅदा र उसको स्याहार र उ सॅंगै बस्दा पनि सर्न सक्ने रहेछ। तेस्तै तिनवटा मानिसमा लाग्ने कोरोना भाईरसहरू SARS-CoV, MERS-CoV, र 2019-nCoV चाहीॅं यी भाइरसहरू लागेको जनावरबाट मानिसमा सरेको/ फैलिएको मानिन्छ।

कोरोना भाइरस लागेको लक्षण: यो लागेपछि स्वासप्रश्वासमा समस्या, टाउको/ घाॅंटी दुख्ने, रूघाखोकी, ज्वरो अलिक सार्हो पारेमानिमोनिया, कलेजोमा सॅंक्रमण र मृत्यु नै पनि हुन सक्छ। सॅंक्रमण भएमा लक्षण २-१४ सम्म देखिन्छ। सॅंक्रमण भए नभएको चाहीॅं बिभिन्नस्वास्थ ल्याबमा रगत वा थुकको नमुना पठाएर जाॅंच गर्न सकिन्छ। खासमा यो नयाॅं कोरोना भाइरस नै लागेको होत भन्ने केही आधारजस्तै सॅंक्रमित मान्छेसॅंग भेटेको, वा सॅक्रमण फैलिएको ठाॅंउमा गएको आदी पक्का नभई जाॅंच गर्न जरूरी पनि छैन।

कसरी बच्ने त: कोरोना भाइरस (कोभिड-१९) नयाॅं भाइरस भएकोले यसबाट बच्न अहिलेसम्म कुनै भ्याक्सिन बनेको वा तयार भएकै छैनतेसैले यसबाट बच्ने उपाय भनेको – २० सेकेण्डसम्म सावुन पानीले हात मिचीमिची घुने, सावुन पानी नभेटिॅंदा अल्कोहल भएको हातकोस्यानिटाइटर दल्ने, खोक्दा, हाॅंछ्यु गर्दा मुख छोप्ने अनि हात पनि सफा गरि हाल्ने, सकभर अरूसॅंग हात नमिलाउने, ॲगालो, चुम्वन नगर्ने।समय समयमा हात धोई रहने, कतै छोए, हात नधोई मुख, ॲाखा, नाक नछुने, धेरै भीॅंडभीडमा नजाने आदी।

अब नेपालको कुरा गर्दा, नेपालमा पनि अहिले बिस्तारै बिस्तारै धेरै तयारी शुरू हुॅंदैछ, बिभिन्न देशका नागरिकलाई आउन नदिने व्यव्स्था गर्दै, हस्पिटलमा पनि बिरामी आए छुट्टै राख्ने, बिभिन्न जानकारी संचार माध्यमबाट दिॅंदै आदी, गर्न पनि पर्यो नी आफ्नो जनताकोस्वास्थसॅंग खेलवाट त गर्न भएन नी ।

अत्यमा कोरोना भाइरसबाट सावधानी अपनाएर आफु पनि बचौं,अरूलाई पनि बचाउॅं

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया