नेपाली कथानक चलचित्र तक्दिर छायाँकनको तयारीमा ।

इनेप्लिज २०७६ फागुन ३० गते १:१० मा प्रकाशित

विजी बर्मा फिल्मस प्रालीको व्यानरमा नेपाली कथानक चलचित्र तक्दिर निमार्ण हुने भएको छ । सामाजिक विषयबस्तुमा आधारित रहेर चलचित्र निमार्ण गर्न लागिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए । निमार्ण पक्षका अनुसार आगामी चैत्र २० गते बाट छायांकन सुरु हुने बताइएको छ ।
नेपाली रजतपटका पुराना कलाकार एवम नव कलाकारहरुको अभिनय चलचित्रमा हुने र हाल कलाकार चयनको प्रक्रिया भैरहेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन । चलचित्रमा रबि खड्का , श्रेया दुलाल, गगां कुवँर, सागर गुरु चौलागाईं , राजु पौड्याल अनुबन्ध भै सकेका छन । चलचित्रमा कृष्ण पाण्डेको छयाँकन देव मर्हजनको , द्वन्द राजन मर्हजनको नृत्य निर्देशन रहेको छ ।

चलचित्रलाई पुर्वका विभिन्न स्थानका साथै सिन्धुली र काठमान्डाँैमा छायाँकन गरिने भएको छ । चलचित्रको गीतमा राजेन्द्र बजँगाईँ र रेखा पौडेल को संगीत रहने छ । चलचित्रका गीतमा गायिका नित्या शिवा र राजेन्द्र बजँगाईँको आवाज रहने भएको छ ।

प्रतिक्रिया