कोरोनाले करोडौलाई दिवालिया बनाउन सक्छ

यादवराज जोशी २०७६ फागुन २९ गते २२:३० मा प्रकाशित

 

यादवराज जोशी ।  कोरोना (कोभिड १९) को संक्रमण विश्वभरी फैलिएको छ । विश्वका एकलाख ३५ हजार मानिसमा यसको संक्रमण देखा परेको छ भने झण्डै चारहजारको मृत्यु भएको छ । विश्वका एकसय २५ देशमा कोरोना फैलिसकेको छ । विश्वका विभिन्न देशमा कोरोना फैलिएपछि आपुर्ति सञ्जाल ध्वस्त भएको छ, मानिस घरबाट काम गर्दैछन, व्यवसायहरु बिस्तारै बन्द हुदैछन् । विश्व सेयर बजार निरन्तर घटीरहेको छ । बजारमा मानिसको भिडभाड छैन ।

यि सबैले आर्थिक मन्दीको स्पस्ट संकेत गरेको छन् । सेयरबजारको गिरावट यसको प्रारम्भीक संकेत मात्र हो । विश्वका ठूला अर्थतन्त्रले कोरोनाका कारण देखिने आर्थिक समस्या कसरी समाधान गर्छन त्यसमा विश्व आर्थिक मन्दी निर्भर पर्छ । कोरोनाले विश्व व्यापारमा २.३ ट्रिलियन अमेरिकी डलर धक्का लगाउने अनुमान गरिएको छ । सन् २०२० को पहिलो दुई महिनामा कोरोनाप्रभावित विश्वका ठूला अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा निकै कमी आउने चाईना बिजनेस सर्भेले गरेको छ ।

कोरोनाका कारण चीनको कुल ग्राहस्थ उत्पादनमा ०.७ प्रतिसतले गिरावट आउने अनुमान गरिएको छ । यस्तै दक्षिण कोरियाको कुल ग्राहस्थ उत्पादन ०.३ प्रतिसत, जापानको ०.१ प्रतिसत, ईण्डोनेसिया ०.१, जर्मनी ०.३ प्रतिसत, अमेरिका र कक्यानडा ०.१ प्रतिसत, ब्राजिल र अर्जेन्टिनामा ०.१ प्रतिसतले कमी आउने अनुमान छ । कोरोनाको प्रकोप बढदै गए कुल ग्राहस्थ उत्पादनमा कमी आउने छ ।

कोरोनाले विश्व आपुर्ति सञ्जालमा प्रभाव पारेको छ । धेरै देशमा बस्तु र सेवाको आन्तरिक बितरणमा ठूलो प्रभाव परेको छ । विगत दुई महिनामा चीनको अन्तरिक बितरण १.५ प्रतिसतले कमी आएको छ । चीनमा कोरोना एक निस्चित ठाँउमा भएकोले बस्तु र सेवामा बढी प्रभाव देखिएन तर अमेरिका, बेलायत, ईटली, फ्रान्स, जर्मनी, जापान जस्ता देशमा कोरोना संक्रमण सबैतिर फैलिएको छ । आगामी दिनमा यि देशमा बस्तु र सेवाको बितरण निकै प्रभावित हुनेछ ।

ईटली, जर्मनी, रुस, जापान, ईण्डोनेसिया, अमेरिका र क्यानडामा फरवरीको अन्त्यमै आन्तरिक बितरण ३ प्रतिसतभन्दा बढीले प्रभावित छन । यि देशमा संक्रमण वास्तवमा मार्च महिनाबाट देखा परेका हुन । रुसको आन्तरिक बितरण प्रणाली ४.६ प्रतिसतले प्रभावित भएको छ । कोरोना बढदै जादाँ बस्तु र सेवाको विश्वव्यापी र आन्त्रिक बितरण प्रभावित हुनेछ र यसले चरम संकट निम्त्याउने छ ।

मानिसहरु हिडडुल गर्न छाडेका छन् । होटल रेस्टुराँको व्यापारमा उल्लेख्य कमी आएको छ । विभिन्न देशले लगाएको यात्रा प्रतिवन्धले ट्राभल र हवाई क्षेत्र प्रभावित भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी बताएको छ । कोरोनाको संक्रमण आगामी २/३ महिनामा सम्म जारी रहेमा यसले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्ने छ ।

फलस्वरुप धेरै व्यापार व्यवसाय घाटामा जाने छन् । करोडौ मानिसले रोजगारी गुमाउनु पर्नेछ । कोरोनाले करोडौं मानिस, व्यापार र व्यवसायलाई आर्थिकरुपमा अशक्त पार्न सक्ने प्रक्षेपणहरु आईरहेका छन् । एअरलाईन्स, ट्राभल, होटल, कम्प्यूटर, इलेक्ट्रोनिक, अटोमोबाईल, र मनोरञ्जन क्षेत्रका लगभग कामदार कटौति गर्ने स्थितीमा आई सकेका छन् ।

प्रतिक्रिया