ईटहरीमा ईन्जासंग अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०७६ फागुन २७ गते ०:४९ मा प्रकाशित

नेपाल भ्रमणमा रहनु भएका नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल(इन्जा)का अध्यक्ष गुणराज लुइँटेल संग नेपाल पत्रकार महासंघ, सुनसरीको पहलमा ईटहरीमा अनौपचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको ३ हप्ते यात्रामा अमेरिकाबाट परिवार सहित नेपाल पुगी आफ्नो गाउँ पुग्नु भएका लुइँटेल संग सुनसरी क्षेत्रमा रहेका संचारकर्मी लगायतले उक्त अन्तर क्रिया कार्यक्रममा जिज्ञाशा समेत राखेका थिए ।

अध्यक्ष लुइँटेलले इन्जाको बारेमा प्रकाश पार्नुको साथै एक आपसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा ईटहरी एफएमका चेतन धमला, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष अमर खड्का, उद्ध्योग वाणिज्य सघ सुनसरीका अध्यक्ष भीम पौडेल, सदस्य खगेन्द्र विमली ईटहरीका बुद्धिजीवी पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष लुइँटेलले ईन्जाले संसारै भरिरहेका संचारकर्मीहरुलाई जोड्ने( नेटवर्क – संजाल ) मन्च (प्लेटफार्म)दिने तथा र श्रोत उपलब्ध गराउने समेतमा काम गर्ने जनाउनु भयो । लुइँटेलले इन्जाले साहसी पत्रकार पुरस्कार,श्रस्टा साहित्य पुरस्कार तथा सामुदायिक पत्रकार पुरस्कारहरु समेत इन्जाले थालनी गरेको बताउनु भयो । कार्यक्रममा इन्जा संग मिलेर काम गर्ने समेत ईच्छा जाहेर गरेका छन् ।

प्रतिक्रिया