म यो समाजको सोचाई भन्दा
बीलकूल फरक “महिला “।
“परीर्वतन” , मेरो अनिवार्यता ।
बीना शीकायत, यो “फरकपन”मेरो स्वीकार्यता ।
हो अनि मेरो “ स्वतन्त्र निर्णय” मेरो “गर्व”!
सुन त!
मलाई पटक्कै प्रतीवाद छैन् ।
समाजको ती घृणित दृष्टिहरूप्रती।
रतीभर पनि डर छैन् ।
ती दूँषीत सोचाईहरूको भनाईहरूप्रती।
कृपया दुबै कान खोलेर सुन!
म त धीक्कारी रहेछु तीनीहरूलाई
जस्ले,
पृत्रीसत्तामक सोचाईको हॉक दिएर
युगौभर रक्षकहरूको श्वॉगमा
हजारौ अवोध नारी -अस्मिताहरू चपाई डकारीरहे।
“भाग्य र समाजको” गोटीचाल चलाएर
पुस्तौ पुस्ता निर्लज्ज भई ,
“स्वच्छ नारी -अस्मिताहरू” सर्लक्कनिलीरहे।
कृपया अब सुन!
ख़बरदार ! ख़बरदार ! ख़बरदार !
बन्दगर! यी “अर्थहीन मर्दरूपी हाऊगुजीहरू”!
बस्! अब शहनशीलताका बॉधहरू
समयले आफै फुलाएका छन्।
परिणाम स्वरूप बॉधहरूका फोहराले,
युगका म जस्ता थुप्रै अगुवाईहरू जन्माएका छन्।
जान्न चाहन्छौ?
लाखौ आमा, हजूरआमा र काकीहरू
दीदी , बहीनी, छोरी र नातीनीहरू
यस युगको अगुवाई बनी
एकसाथ स्वरमा -स्वर मीलाएर भनीरहेकाछन्
“हामी यस यूँगक़ो सबथोकक़ो बराबरीक़ो “भागी”।
“बराबरी” यो कृपा हैन , हामीसबक़ो मात्र “अधिकार”
“हरेक सीक्काका दुई पाता भयझै
नारी-पुरूष मानव सव्यताको
मात्र ,एउटै ढुकढुकी हुन् ,केवल एउटै ढुकढुकी हुन्”
आऊ, सब मीलेर यसलाई
सोचाई, व्यवहार र संस्कारमा परीणतगरौ।
उर्मिला निर्दोषी
Saint Louis, Missouri
प्रतिक्रिया