“मेड इन चाईना
आज छ भोलि छैन”
यही भन्दै, कन्दै
तर
हर कुरामा
हर दिन, हर पल
चाईनाको भर पर्दै
लाउने, खाने, बस्ने सबै कुरा
नुन देखी सुन सम्म
रङ्गाउने देखी
बगाउने सम्म
चाईनामा आश्रित हामी
हाम्रो जीवन लीला पनि
मेड इन चाईना नै बनाउँदैछौं
कोरोना कोरोना भनाउंदैछौं
लाग्न थाल्यो,
हामी चाईनाकै लागि जन्म्यौँ
चाईनिज खाएरै हुर्क्यौं
चाईनिज लाएरै हुर्क्यौं
चाईनाकै लागि बाँच्यौँ
चाईनाकै लागि साँच्यौँ
अब,
चाइनिज कोरोना खाएरै मर्छौं
वाह चाइना !
अजबको चाइना
गजबको चाइना
कुन बेला के हुन्छ ?
अहँ, थाहा छैन !!
त्यसैले भन्न मन लाग्यो
जीवन पनि
मेड इन चाइना
आज छ भोलि छैन !! – March 04, 2020, – रामप्रसाद खनाल, हाल अमेरिका
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया