बाडदैन सम्पत्ति कोई, हुन्न कहि साम्यवाद
हुँदा खाने करोडपति भए, धन्य छ माओवाद
जनयुद्धको बिगुल फुक्ने थियो रे हर्के हिरो
भन्छ आज उसलाई लाग्छ माओवाद नि जिरो
मार्क्स, लेनिन, माओवादले दिने भए खान
रुस आज किन खोज्छ लेलिनलाई मसान लान
कामरेडले पढथे रे हिजो दास क्यापिटल पूँजी
तिनै आज लुटदैछन पूँजी मार्कस बाजे भुली
ठिमाहा छन देशका नेता नीति चढाए शुली
भ्रष्टको जयकार गर्छन इमान जमान भुली
दिउसै बत्ति बाल्नु पर्छ आज राजनेता खोज्न
अभागी पुन्पुरो हाम्रो पर्छ भ्रष्टबाट भ्रष्ट रोज्न
ओली हुन वा प्रचण्ड, हुन देउवा कोई
विद्याले त भुलिन आफ्ना हत्या भएका पोई
जनताले समेत भुली दिदाँ चुनावको दिन
भ्रस्टहरु ठाँउमा पुगे अझ सोच्दैनौ हामी किन
लौन ईश्वर देउ न एउटा नेता हामीलाई राम्रो
न होस उ कानुन, नीति, व्यवहारमा कतै चाम्रो
हिमाललाई हसाई राखोस, पहाडलाई गरोस माया
तराई हाम्रो नाची रहोस रमाई शितल छाया
काटने हात काटन सकोस सुस्ता, लिपुलेक
चौबिस घन्टा नेतृत्व गरोस नहटी एक डेक
होस गर्व नेता भन्न राख्न भीत्र छाती
नेपाल होस उसमा सधै मार्कस, माओभन्दा माथि
समीर जोशी (यादवराज जोशी)
वासिंटन डिसी, फरवरी २६, २०२०
प्रतिक्रिया