अशिश्माको गीतमा शुशीलाको ठुम्का

इनेप्लिज २०७६ फागुन १३ गते ११:४३ मा प्रकाशित

अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन् । सन्तोष श्रेष्ठको संगीत, मनोज चौलागाईको संगीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको यस गीतको भिडियो निर्माण गरिएको छ ।

कोइ भन्छन् मलाई स्वर्गकी परी, कोइ भन्छन् मलाई घर्तिकी सुन्दरी … बोलको यस गीतमा नृत्याङ्गना तथा मोडल शुशीला थापाले ठुम्का लगाएकी छिन् । गीतको नृत्य तथा निर्देशन राजीव बलामिले गरेका हुन् ।

भिडियोलाई मुकेश हुमागाईले खिचेका छन् ।

 

फर्पिङको रमणीय दृश्यमा भिडियो निर्माण गरिएको छ । गीतको स्टिल फोटोग्राफी राम ढकालले गरेका छन् भने श्रृंगार कविता तोलाङ्गीले गरेकी छिन् । गीतलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।

प्रतिक्रिया