नयाँ मिस नेपाल पिसको खोजी सुरु

इनेप्लिज २०७६ फागुन १३ गते ११:१३ मा प्रकाशित


काठमाडौं । ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् ।

प्रतियोगिताको पहिलो चरणको अन्तिम अडिसन २४ फागुनसम्म चल्नेछ । जसबाट आयोजकले २५ प्रतियोगी छानिनेछन् ।

नर्सिङ पेशाको सम्मान गर्दै, नर्सहरुमा लुकेर रहेका आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने, उनीहरुको कार्यदक्षता बृद्धि र आत्मनिर्भर गराउने उदेश्यले आयोजित एकमात्र सामाजिक सौदर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को यो ७औं संस्करण हो ।

बे्रस्ट क्यान्सर फाउन्डेसनको स्तन क्यान्सर सम्बन्धी जनचेतनात्मक कार्यक्रममा सुरु देखिनै अब्बल मानिएकोयो प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीहरुको सहभागीता रहनेछ ।

मिस नेपाल पिसको फाइनल प्रतिस्पर्धा आगामी चैत्रको अन्तिम साता आयोजना हुनेछ । बिभिन्न अडिसनबाट छानिएका प्रतियोगीहरु शिर्ष उपाधिका लागि यसमा भिड्ने छन् ।

पहिलो चराण्को अडिसनबाट छनौट भएका प्रतियोगीहरु कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा बिभिन्न अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रोटिन अवेरनेस, ब्याक्तित्व बिकाश, संचारकला लगायत प्रशिक्षणमा सहभागी गराइने छ ।

ट्यालेन्ट शो, स्टेज पफमेन्स लगायत बिभिन्न चरणका पार गर्दै अन्तिम स्पर्धामा पुग्न सफल प्रतियोगीले फाइनल स्पर्धामा शिर्ष उपाधिका लागि भिड्ने छन् । विजेताले चीनमा आयोजना हुने ‘मिस वल्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसरको अलवा वालीको भ्रमणको ट्रिप समेत प्राप्त आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतिक्रिया