ईनेप्लीजका संचारकर्मीलाई नेपालमा स्वागत

इनेप्लिज २०७६ फागुन ११ गते ०:०९ मा प्रकाशित

ईनेप्लीज

अमेरिकाबासी ईनेप्लीजका सहयोगी संचारकर्मी खेम भट्टचनलाई नेपालमा एक औपचारिक समारोह नै आयोजना गरेर स्वागत गरियो।

काठमाडौँको अनामनगरमा एक औपचारिक समारोह नै आयोजना गरेर अन्तरास्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले
भट्टचनलाई खादा पहिर्याईदिएर नेपालमा स्वागत गरेका हुन्।

उक्त समारोहमा – नेपाली भाषा, साहित्यलाई अन्तरास्ट्रियकरण गर्नमा योगदान गरेबापत वाशिंगटन डिसीका खेम भट्टचन , क्यालिफोर्नियाका शान्तिराम ढकाल र
हंगकंगका शिब प्रादगण ३ जना पाहुनाहरुलाई अध्यक्ष लेकालीले नेपालमा स्वागत गरेका हुन्। स्वागत समारोह पछी – अनामनगरको बोकाभात अर्गानिक रेस्टुरेन्टमा दिवाभोजको ब्यबस्था गरिएको थियो।

कार्यक्रममा नेपालका रास्ट्रिय स्तरका कबि साहित्यकारहरुको उपस्थिती थियो।

प्रतिक्रिया