अमेरिकाबाट महाशिवरात्रिको अवसरमा गायिका सिने गुरुङको स्वर तथा सास्कृतिक राजदूत बासव राजोपाध्यायको शब्दमा ओम नम शिवाय भजन सार्वजनिक

इनेप्लिज २०७६ फागुन ९ गते ११:४७ मा प्रकाशित

अमेरिकाबाट महाशिवरात्रिको अवसरमा गायिका सिने गुरुङको स्वर तथा सास्कृतिक राजदूत बासव राजोपाध्यायको शब्दमा ‘ओम नम शिवाय ‘भजन सार्वजनिक भएको छ । उक्त श्रवण यु ट्युब भिडियो फेब्रुअरी २१ शुक्रबारका दिन बाहिर ल्याइएको हो । उक्त गीत साढे छ मिनेट ३८ सेकेन्डको रहेको छ ।

महा शिव रात्रिको पावन अबसर पारेर अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका साँस्कृतिक राजदूत बासव राजोपाध्यायको गहन शब्द रचनामा सुप्रसिद्ध गायिका सिने गुरूंगको सुमधुर आवाजमा शिव भजन स्तुतिलाई श्रोता माझ पस्किनु भएको छ।

यो भक्ति रचनालाई गायिका स्वयमले संगीत रचयिता र लय राख्नु भएको हो भने प्रवन्ध दिने काम नेपालका सुप्रसिद्ध संगितकार गोपाल रसाईलीले गर्नु भएको हो । प्रजित श्रेष्ठते बाल्टिमोर स्थित मेलोडि नेपाल स्टुडियोमा गीत रेकर्ड भएको थियो ।

यो भजन श्रवण गर्न यहाँ थिच्नु होस् :

प्रतिक्रिया