म पनि त भ्रष्ट हजुर सिके यस्तै कर्म
नेकपामा सिके यहि बुझ्नु मेरो मर्म
यहि देखे यहि सिके कामरेडहरू संग
सोध्दैनन है कहिले नि कमिसनमा दंग
हेप्दैनन कि भन्ने थियो हाम्रो दुई तिहाई सरकार
कुन मुला पत्रकार निस्केछ सेटिंग गर्यो तारतार
प्रिन्टिड. प्रेस चाहिएकै हो चन्दा पार्टीलाई
हामी नै हो सर्वहारा नेकपाको दुहुनो गाई
अलिकति कमीसन खाए मैले के बिराए
अंडियों लिक गरेर असतिले गर्नु गराए
७४ करोड पार्टीलाई हो छैन मलाई केही
यो काण्डको पनि पार्टीले लिन्छ जवाबदेही
केपी बा छदैछन दाहिने सधै मेरो
कस्ले नै लछार्छ यो पार्टीको घेरो
सत्तोसत्त मलाई होईन यो कमिसन
पार्टीकै लागि जन्मा गरेको मेरो धन
समीर जोशी (यादवराज जोशी)वासिड.टन डिसी, अमेरिका
प्रतिक्रिया