हिमाअस हस्पिटालीटि कन्टेस्टमा एस टु प्रोडक्सनको सहकार्य

इनेप्लिज २०७६ फागुन ६ गते २२:३७ मा प्रकाशित

पोखरा ।

चौथो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ Special Edition For Visit Nepal 2020 को इभेन्ट पार्टनरको रुपमा एस टु प्रोडक्सनले सहकार्य गर्ने भएको छ ।

मंगलबार एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र एस टु प्रोडक्सनका प्रमुख सुरज श्रेष्ठ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

‘इभेन्ट बाईको रुपमा एसटु प्रोडक्सनसंग सहकार्य गर्ने सहमती भएको छ’, निर्देशक पाण्डेले भने ‘हस्पिटालीटि थिमसंगै र भ्रमण वर्षलाई समेत टेवा पुग्ने गरि फोटो र भिडियो खिचिनेछ’

एस टु प्रोडक्सन लामो समय देखी पोेखरामा इभेन्ट , फोटो , भिडियोको क्षेत्रमा क्रियाशिल रहेको छ ।

चौथो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ मा १८ जना प्रतिस्पर्धी रहेका छन् ।

प्रतिस्पर्धीहरुलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले बन्द प्रशिक्षण दिइरहेको कार्यक्रम संयोजक रेग्मीको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।

यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्िटङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमो मनाइरहेको सन्दर्भमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौथों सिजनलाई Special Edition For Visit Nepal 2020 को रुपमा आयोजना गरिएको छ ।

प्रतिक्रिया