हराएको मोबाइल

इनेप्लिज २०७६ फागुन ५ गते ११:४० मा प्रकाशित

बालापनमा हाम्रो घरमा एक अंक थिच्ननी एक राउन्ड परिक्रमा गर्नुपर्ने फोन थियो जुन अरुको घर भन्दा अली भिन्न खालको थियो । मलाई साथी हरुको माझ देखाउन रहर लाग्थ्यो । अहिले जस्तो मोबाइल थिएन पुनः डायल (संख्या चक्र) गर्ने भन्ने कुराको आविस्कार भएको थिएन त्यती बेला । कसैलाई फोन गर्नु परेमा हरेक अंक घुमइरहनु पथ्र्यो । त्यसैले होला त्यती खेर चनाखो मस्तिष्कले नंबरहरु दिमागमा कैद गरिहाल्थ्यौं । प्रायः नंबरहरु कण्ठष्ट हुन्थे, संझने शक्तिहरु पनि स्वचालित भइरहन्थे, कसैको घर जानु परेमा बाबा र आमालाई त्यो घरको फोन नंम्बर छोडेर जान्थ्यौं । अलीक अघिकैे कुरो थियो म आफ्नो काममा संधै तल्लिन हुन्थें जसरी एउटा बटुवा गन्तब्य नपुन्जेल एकोहोरो हिंडिरहन्छ उस्तै म काममा संधै ।

अरु कसैले मोबाइल बोक्दा म सपना देख्थें सायद मेरो पनि । कार्यालयको कामको मिहेनत स्वरुप मैले एउटा मोबाइल किनें । भोकालाई खिर मिले झै आफुलाई धर्ति माथी देखें मलाई साह्रै रहर लाग्थ्यो मोबाइललाई छोइ रहुं झै । मलाइ ठूलो चाहना हुन्थ्यो मेरो मोबाइलबाट कसैलाइ फोन गरिरहुं अनि केहि म्यासेजहरु पठाइरहुं मलाई लाग्थ्यो पल पलमै सबैले मलाई फोन गरि रहुन् जसले गर्दा मैले त्यो मोबाइल स्पर्श गरिरहन सक्छु । धेरै फोटोहरु पनि खिचेर कैद गरि राखें मेमोरी कार्डमा तर अहिलेको जस्तो स्क्रीन टच थिएन तर अचानक एकदिन मेरो अफिसमा रोखेको टेबलबाटै हरायो दोष कसलाई लगाउनु आँखाले नदेखि ।

मेरो रहर पूरा भएको केहि हप्तामै मोबाल यसरी हराउँदा मन साह्रै चिसो भयो । मन न हो कसलाई भन्ने कसलाई नभन्ने । मैले दुई तिन जना साथीहरुलाई चाहिं भने ए हेर न मेरो नयाँ मोबाइल हरायो । केहि दिन त त्यो मोबालको खुब याद आयो पछि बिस्तारै केहि महिना मर्दै गए पछि माया मार्दै गएं ।

एक दिन म अफिसको काउन्टरबाट अर्को कोठाको ढोकाम छिर्ने बित्तिकै एउटा कागजको सानो पोका टेबल माथी देखें मलाई टपक्क टिपी हाल्न सार्है डर लाग्यो । यो कुनै बम राखेको पोको त हैन । मनमा धेरै कुराहरु खेलाउँदै म फेरी त्यही पोकोलाई नजिकबाट नियाल्न थालें आकार अली चार पाते खालको देखें जे पर्ला पर्ला भनी खोलेर हेर्दै गैएं त्यसमा एउटा दुःखी अर्थ बुझाउने चित्र लेखेर माफ गरिदिनुस् पनि लेखिएको थियो । मैले पुनः त्यो पोको पुरै खोलें त्यसमा मैले हराएको आफ्नो मोबाल देखें । मलाई खुसी लाग्यो मोबाइल भेटेर तर दुःख पनि लाग्यो बिचरा त्यो मेरो मोबाइल लिने ब्यक्तिले किन फिर्ता गरेको होला ?

आज सम्म मैले त्यो ब्यक्ति पत्ता लगाउन सकिन जसले मेरो मोबाइल पुनः फिर्ता राखिदियो ।

अलका मल्ल, काठमाडौं

प्रतिक्रिया