फेब्रुअरी २९ को दिन पोल्यान्ड मा सम्पन्न हुने भयो पानी अभियान को अन्तर्राष्ट्रिय भेला।।

इनेप्लिज २०७६ फागुन ३ गते १२:३३ मा प्रकाशित

२०१६ फेब्रुअरी २९ तारिक देखि हरेक चार वर्षमा आउने आफ्नो जन्म पारेर फेब्रुअरी २९ गते ठुलै त्याग ठुलै सपना बोकेर पानीले तड्पिएको गाउँलाई पानी पिलाउने भिष्म अठोट बोकेर फेसबूक बाट अभियान शुरु गरेका पानी अभियान्ता तथा सामाजिक ब्याक्तित्व मितलाल पार्दे ले यश बर्स पनि आफ्नो जनमोत्सब को अवसर पारेर अहिले सम्म को अभियान को समाप्ति संगै नया गाउँ घोसणा सभा संचालन गर्ने हुनुभएको छ। युरोप मा रहेका सिर्सस्थ प्रबुद्द पानी अभियान संग जोडिएका सामाजिक अगुवाहरुलाई निमन्त्रणा दिई सकिएको र उक्त नया अभियान घोसणा का लागि एकदिने कार्यशाला तथा प्रकरण गोस्ठी समेत सम्प्न्न हुने जानकारी आएको छ।

शुरुवातमा कसैलाई दबाब ले होइन स्वस्फूर्त आत्मा जागेर समाज परिवर्तन हुन्छ। समाजको परिवर्तन बन्दुक बोकेर होइन पानीको थोपा बोकेर हुन्छ भन्न्ने नितान्त नयाँ सोचको अवधारणामा पानी अभियान शुरु भयो र उक्त अभियान फेसबुक स्टाटस को भरमा करोड पानी अभियान पनि संचालन भयो। यही अभियानको नारा “हरेक घरमा धारो ,हरेक गाउँमा सिंचाइ ” मा आधारित भएर “सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती गठन भयो “। र कानुनी रुपमा दर्ता अगाडि बढी अभियानको खाता नम्बर पनि सन्चालनमा आयो । हाल सम्म पानी अभियान ले आधिकारिक खाता संचालन गरि सोही मुताबिक “सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती” गठन गरि पानी अभियान को पहिलो अभियान सफल तथा सम्पन्न भएको छ। उक्त समितिलाइ देश देखि बिदेश सम्म का सयौ नेपाली हरुको आर्थिक,भौतिक र नैतिक सहयोग रहयो भने नेपाल सरकार स्थानिय निकायको पनि उच्च सहयोग मा आज पानी अभियान सफल भयको कुरा यहाहरुमा सर्बबिदितै छ। उक्त पानी अभियान को आवस्यकता आजको समयमा कुनै एक गाउँ मात्र नभयर पूरा बिश्वमा यो अभियान को टडकारो खाचो देखिएको छ । यसर्थ अबको पानी अभियान कुनै एक नया स्थान घोसणा गर्ने तयारी गरेको र हरेक चार बर्समा आउने पानी अभ्यायान कर्ता पार्देको जन्म दिन यस बर्ष पनि परेको हुदा उक्त सुअवसरमा नै नया गाउँ पानी अभियान घोसणा गर्ने तयारी सुरु गरिएको छ। हाल सम्म “पानी अभियान” का लागि लाखौ को प्रतिवद्दता आइसकेको र यो क्रम दिनानुदिन बढ्दो रहेको छ। जब सम्म हरेक घरमा पानी हुँदैन पानीको लागि संघर्ष गर्नुपर्छ तब सम्म अरु सोचको बिकास पनि सम्भब छैन । यही मान्यतामा आधारित भएर २०१६ फेब्रुअरी २९ तारिक देखि पानी अभियान शुरु भएको यो अभियान यश बर्स पनि वार्स को पोल्यान्ड मा नया गाउँ नया ठाउँ पानी अभियान को सुभारम्भ हुने हुदा सम्पुर्ण नेपाल र नेपाली माटो लाई माया गर्ने नेपाली हरुलाई उपस्थिती का लागि आबहान तथा ऐक्यबद्धता का लागि पत्रचार गर्ने क्रम जारी रहेको र इच्छुक सहयोगी मन लाई जोडिन का लागि पनि आबहान गरिएको छ।


,
पानी अभियान अभियान्ता पार्देको मात्र नभयर समग्र नेपाल र नेपाली को हो जस्को पुर्ण आफल अभियान मा तपाईं हामी सबैको उत्तिकै हातेमालो हुन जरुरि छ। युरोप मा सामाजिक अभियान मा सकृय प्रबुद्द ब्यक्तित्व हरुको समेत उपस्थित रहने फेब्रुअरी २९ को कार्यक्रम लाई पोल्यान्ड बासी नेपाली हरुले सकृय सहभागिता जनाउने मा बिस्वस्त हुँदै उक्क्त अभियान को पुर्ण सफलताको कामना समेत गर्दछौ।

उक्त अभियान सम्पन्न गर्न का लागि पोल्यान्ड मा पनि युवा हरुको एक सवतस्फुर्त पानी जागरण युवा समिती स्थापित हुँदै छ भने उक्त अभियान मा जोडिन चाहने नेपाली ले तपशिल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ।
729 589 539

जय पानी अभियान।
जय पानी अभियान।।
जय देश

सुसन परियार बिसर्जन

 

प्रतिक्रिया