कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको उद्घाटन

इनेप्लिज २०७६ फागुन २ गते ४:४९ मा प्रकाशित


फागुन १ इटहरी ।

कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको आज एक भव्य कार्यक्रम बिच उद्घाटन गरिएको छ । प्रदेश नं को सुन्दर शहर इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिधार्थिहरुमा खुसि छाएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति , हल सन्चालक , साहित्यकार एवं सन्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म अध्ययन गर्न चाहनेहरुको लागी कान्तिपुर फिल्म एकेडेमिले पहिलो शाखा इटहरीमा सन्चालन गरीएको कान्तिपुर फिल्म एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी दिए । कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमिले गरेको यो प्रयासको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

साहित्यकार एवं प्राध्यापक मनु मन्जिलले कान्तिपुर फिल्म एकेडेमिले पूर्वको शान बढाएको बताउनु भयो भने प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भिम बहादुर दाहालले सफलताको शुभकामना दिनु भयो , स्थानिय प्रसासनको तर्फ बाट वडा अध्यक्ष दिपक गौतमले एकेडेमीले दक्ष कलाकर्मि जन्माउनेमा आशा व्यक्त गर्दै शुभकामना प्रदान गर्नु भयो । । साथै कार्यक्रममा उपस्थित पूर्वका ख्यातिप्राप्त व्यक्तित्वले कान्तिपुर फिल्म एकेडेमि इटहरीको प्रगतीको लागी शुभकामना प्रदान गर्नु भएको थियो ।

 

 

पहिलो चरणमा कातिपुर फिल्म एकेडेमि इटहरीले फिल्म मेकिङ , भिडियो इडिटिङ र फोटोग्राफिको १ महिने कक्षा यही फागुन ४ गतेबाट सन्चालन गर्दैछ ।

प्रतिक्रिया