प्रेम दिवसमा हिडे भुन्टे र भुन्टी हिडे ठमेल बजार

इनेप्लिज २०७६ फागुन १ गते २२:०३ मा प्रकाशित

 

भुन्टे र भुन्टी हिडे ठमेल बजार
ठमेल बजारमा हजुर जोडी हजार

कोही पिउदै छन, कोही जीउदै बहुपासमा
कोही बरालिदै छन भ्यालेन्टाईनको आशमा
कोही मदले मत्त छन, केही छन सुराले
कोही वशमा पार्दैछन नानाधरी कुराले

भुन्टे र भुन्टी हिडे ठमेल बजार
ठमेल बजारमा हजुर जोडी हजार

कोहीलाई लाग्छ दुनिया नै प्रेमी सरी
तानेका छन्, जोडिएका छन घरीघरी
कोही छन उरन्ठ्याउला बेकाम नर नारी
लाग्छन त्यतै जहाँ देख्छन एक्ला भारी

भुन्टे र भुन्टी हिडे ठमेल बजार
ठमेल बजारमा हजुर जोडी हजार

अलि पर छन भर्खर बैसले छोएकी एक गोरी
खादैछन सब मनको लड्डु हेरी ति छोरी्
उडायो अधवैसेले धेरैको मन भंग भो
ठमेल बजारको, भ्यलेन्टाईनको रंग गो

भुन्टे र भुन्टी हिडे ठमेल बजार
ठमेल बजारमा हजुर जोडी हजार

फर्के कोही बाँधीएर कडा बाहु पासमा
कोही फर्के अर्को भ्यालेन्टाईनको आशमा
कसैका छुटे जोडी अर्को मालामाल भो
कतिको त नघरको नघाटको जोगीको चाल भो

भुन्टे र भुन्टी हिडे ठमेल बजार
ठमेल बजारमा हजुर जोडी हजार

समीर जोशी (यादवराज जोशी)
वासिड.टन, डिसी, अमेरिका
दिनांकः फरवरी १४, २०२०

प्रतिक्रिया