श्रीकृष्ण बिना हास्न सिकेकी श्वेता खड्काको जन्म दिनमा कलाकारहरुले बबाल रमाइलो गरे (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७६ फागुन १ गते ११:३७ मा प्रकाशित

अभिनेत्री श्वेता खड्काले माघ २२ गते आफ्नो जन्मदिन भव्य रुपमा मनाएकी छिन्। सेलिब्रेटीको बाक्लो उपस्थितिको बिचमा उनले आफ्नो जन्मदिन मनाएकी हुन्। बालुवाटार स्थित ‘इलिमेंट्स’ रेष्टुरेन्टमा उनले आफ्नो जन्मदिन मनाएकी हुन्। उनको जन्मदिन पार्टीमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य साथमा श्रीमती रमिला आचार्य, अभिनेत्री करिश्मा मानन्धर, निर्माता विनोद मानन्धर, अभिनेत्री तथा निर्देशक रेखा थापा, झरना थापा,संचिता लुईटेल, केकी अधिकारी, रिमा विश्वकर्मा, केदार प्रसाद घिमिरे, जितु नेपाल, सन्दिप क्षेत्री, अनुभव रेग्मी, कविता रेग्मी लगायतका कलाकार उपस्थित रहेका थिए।

१९८९ फेब्रुअरी ५ तारिखका दिन उनको जन्म काभ्रेको पनौतीमा भएको हो । यस आधारमा आज उनी ३२औं जन्मदिन मनाउँदैछिन् । श्वेताले १२ वर्षअघि मोडलिङ हुँदै फिल्मी क्यारियर सुरु गरेकी हुन् । सन् २०१० मा रिलिज भएको चलचित्र ‘कहाँ भेटिएला’ उनको डेब्यु चलचित्र हो । एउटै चलचित्रबाट स्थापित हुने थोरै नायिकामा श्वेता पनि पर्छिन् ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?time_continue=1&v=7i71Ul-4WW8&feature=emb_logo

प्रतिक्रिया