क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो

इनेप्लिज २०७६ माघ २१ गते ३:०३ मा प्रकाशित

काठमाडौं। क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा सांस्कृतिककार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। रसियन कल्चर सन्टेर कमलपोखरी काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएकोहो।

नेपालका श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिषेश अतिथिमायुवा नेता एवं समाजसेवी क्षितिज भण्डारी, नेपाल राष्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, क्यान एजुकेशनफाण्डेशनका अध्यक्ष सम्झना लामा, छमछमीका निर्णयक महेश गोदार लगायत थिए। उक्त फेशन शोमा गायिका तथामोडल स्मृति पोखरेल र अभिनेत्री दीपाश्री निरौला शोस्टपर्स रुपमा प्रस्तुत भएका थिए।

कार्यक्रममा छमछमीका फाइनल लिस्टहरु र बालबालिकाले प्रस्तुति दिनुको अलावा अजय तुलाधर लगायतलेसांगितिक प्रस्तुति दिएका थिए। ९ वर्षीय बाल प्रतिभा आभा तुलाधरले शिक्षाको बारेमा भनाई राखेकी थिइन्।आयोजक क्यान एजुकेशन फाण्डेशनले केक काटेर बालबालिकालाई खुशी बाँडे्का थिए।

क्यानले नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाकाबालबालिकालाई सहयोग गर्दै आएको पनि कार्यक्रममा जनाएको छ। संस्थाले कक्षा १२ सम्मको अध्ययनका लागिसहयोग गर्ने गरको क्यान एजुकेशन फाण्डेशनकी अध्यक्ष सम्झना लामाको भनाई छ।

कार्यक्रमको मुख्य प्रायोजक डीएसआर मल्टीमिडिया ब्रान्च अफिस अफ अमेरिका र सपोर्ट आरएनआर ग्रुप एलएलसीयुसए रहेको छ। डीएसआर मल्टीमिडियाको बारेमा सो कंपनीको तर्फवाट बेनिश भण्डारीले डिजिटल प्रमोसनकाबारेमा जानकारी दिएका थिए। काठमाडौंका ट्याक्सीहरुमा चांडै नै डिजिटल मार्केटिङमा जाने तयारी पनि भैरहेकोभण्डारीले भनेका छन्।

क्यानडामा पनि आगामी २८ फ्रेबुरीमामा हुन गैरहेको फेशन–शोमा डीएसआर मल्टीमिडिया र आएनआर ग्रुपले क्यानएजुकेशनको च्यारिटी फेशन–शोलाई सपोर्ट गर्ने भएको जानकारी रोशन पुरीले enepalese.com लाई जानकारीदिएका छन्।

प्रतिक्रिया