अष्ट्रेलियामा बन्यो साझा सद्भाव समूह

इनेप्लिज २०७६ माघ १५ गते २२:१९ मा प्रकाशित

 

नेपालमा लोककल्याणकारी राज्य र सु-संस्कृत राजनीतिको सुरुवात गर्ने बताउदै स्थापना भएको साझा पार्टीले देशदेखि परदेशमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ।

पछिल्लो समयमा नेपालीहरुको उल्लेख्य बसोबास भएको अष्ट्रेलियामा पनि ‘साझा सद्भाव समूह अष्ट्रेलिया’ गठन भएको छ।

हाम्रा समाचारदाताका अनुसार भानुभक्त भुसालको संयोजकत्वमा १४ सदस्यीय ‘साझा सद्भाव समूह अष्ट्रेलिया’ गठन भएको हो। नेपालको घोराही, दाङ स्थायी घर भएका भुसाल पेशाले माइक्रोबायोलोजिस्ट तथा सूचना प्राबिधिक हुन् । नेपालबाट माइक्रोबायोलोजीको अध्ययन पश्चात अहिले नेटवर्किङ्ग तथा साइबर सेक्युरिटीमा स्नातकोत्तर गर्दैछन । उनी २ वर्ष अघि अष्ट्रेलिया आएका थिए।

समूहका अन्य सदस्यहरुमा आशिष भट्टराई, भोला गौतम, दिपक सिग्देल, दीपिका पोखरेल, दिपक पौडेल, गोपाल सुवेदी, रहेका छन्।

त्यसैगरी बाँकी सदस्यहरुमा केशब बानियाँ क्षेत्री, लोकेश भण्डारी, महेश पराजुली, निरन्जनराज रिजाल, प्रकाश आचार्य, प्रमोद अधिकारी, रोम न्यौपाने रहेका छन्। त्यसैगरी सल्लाहकार समूहमा डिला खरेल, ईश्वर कुईँकेल र उष्मा रेबेल रहेका छन् । संयोजक भुसालले अस्ट्रेलियाको लागि यो प्रारम्भिक समिति भएको र यसलाई विस्तार गर्दै अस्ट्रेलियाका अन्य ठाउँमा स्थानीय तथा क्षेत्रीय तहमा सद्भाव समूहहरु निर्माण गर्ने बताए । यसअघि युरोप, एशिया, मध्य-पूर्व, अमेरिकी क्षेत्र लगायतका एक दर्जन भन्दा बढि देशहरुमा साझा सद्भाव समूह गठन भईसकेको साझा सद्भाव समूहका अन्तर्राष्ट्रिय संयोजक तथा अमेरिकामा कार्यरत बैज्ञानिक डा राजेन्द्र पंगेनीले बताए।

प्रतिक्रिया