कोमल गजल :-

इनेप्लिज २०७६ माघ १४ गते २२:५७ मा प्रकाशित

प्यारो छ तिम्रो अनमोल नाम
बिर्सिन्न कैले महिमा र काम

सोच्यौ सधैँ देश र देशवासी
हे ! वीर मेरो छ सधैँ सलाम

हल्ल्यो जरा क्रूर नृशंसताको
ल्यायौ बिहानी झलमल्ल घाम

स्वाधीनको मन्त्र दियौ सबैमा
कच्चा बनायौ बलको लगाम

हेलाँ गरे लाग्दछ पाप ठूलो
यो देशका हौ तिमी चार धाम

गर्दैछु सम्मान शहीद तिम्रो
‘श्रद्धाञ्जली’ दिन्छु गरी प्रणाम

५ मा विश्राम
-कोमल भट्ट
न्युयोर्क
(शहीद दिवस २०७६)

प्रतिक्रिया