मीलन

यादवराज जोशी २०७६ माघ १२ गते १:३३ मा प्रकाशित

सम्झ्यौ त तिमीले हाम्रो मीलन ?
हँ कस्तो मीलन ?
धत्तेरी………..
कति बेहोसी भएछु
लाखौ कोशिस गरे
सम्झन सकेन
उ कहिले मेरो जीवनमा आई
कहिले गई यादै रहेन
हाम्रो मीलन भाथ्यो र ?
हो नी झमझम झरी थियो
ग्याड.गुडृड, चट्याड.
अनि कठाग्रिने चीसो
सम्झ त माघको त्यो दिन
ए अँ……….
झरीले पो याद आयो
साँझ पख हिँउ फुरुफुसाएको
सहर रंगीचंगी बत्तिले सजिएको
अनि
अनन्त उडानमा हामी
तिमी त हुस्सु नै हौ, त्यो दिन नि भुल्ने ?
सम्झ त ति दिनहरु
ति रातहरु
मेरो मनस्पटलमा घटनाहरु
तछाडमछाड गर्दै आए
दिन, रात र त्यो शुन्य समय
अनि
हामीले गरेका बाँचा
संघर्ष
बलिदान
दुवैले हुर्काएको आफ्नोपन
पुरा, अपुरा सपनाहरु

समीर जोशी
(यादवराज जोशी)
वासिडंटन डिसी, अमेरिका
मितिः २०२० जनवरी २५

प्रतिक्रिया