त्रिकोणात्मक संगमका हिमायती पदम विश्वकर्मा

सुरेश कोइराला २०७६ माघ १० गते २:२२ मा प्रकाशित

 

सुरेश कोइराला ,कोलोराडो । लमजुङको धमिली कुवामा जन्मेर अमेरिकालाई कार्यथलो बनाएका पदम विश्वकर्मा एक सफल व्यवसायी, कुशल साहित्यकार र समाजसेवी हुनुहुन्छ । २०२५ असोज १४ गते लमजुङमा जन्मिएर २०५८ मा अमेरिका पुग्नु भएका विश्वकर्माले रेडक्रसबाट जागिरे जीवन आरम्भ गरेपनि अहिले उहाँ सफल व्यवसायीको रुपमा परिचित हुुनुहुन्छ ।

नेपालमात्र होइन अमेरिकामा समेत उहाँको समाजसेवी भावनाले विश्राम लिएको छैन, अझ मौलाएको छ । समाज सेवादेखि व्यवसायिक र साहित्य क्षेत्रको त्रिकोणात्मक सेवा सम्बन्ध रहेको छ ।

व्यवसायिकतासँगै साहित्य र समाजसेवालाई सँगसँगै अगाडी बढाउनु भएको विश्वकर्माले अमेरिका पुगेका कयौं नेपालीलाई अप्ठ्यारो परिस्थितिमा साथ र सहयोग दिँदै आउनु भएको छ । आफ्नो सिप र दक्षताअनुसार उहाँले नेपालीलाई अमेरिकामा रोजगारीको अवसर दिनुभएको छ ।

नेपाली भाषा, कला संस्कृति, रितिरिवाज र संस्कार सम्बन्धि जानकारी गराउने हिसावले नेपालीमूलका अमेरिकी बासिन्दालाई पाठयक्रम नै विकास गरेर उहाँले नेपालीपना र मायालाई अमेरिकी माझ पुर्याउनु भएको छ ।

‘शब्द सुमन’ कविता संग्रह लेखेर आम जनतामाझ छाइसकेका विश्वकर्माले भर्खरै ‘तमखुक’ नामक कथा संग्रह बजारमा आएको छ । नेपालको ग्रामीण परिवेशको वास्तविकतादेखि अमेरिकासम्मको यात्राको इतिवृत्तान्त कथाका विभिन्न शीर्षकमा पाउन सकिन्छ ।

उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा दुई कार्यकाल अध्यक्ष समेत भइसक्नु भएको छ । अमेरिकामा बसेपनि उहाँले विभिन्न देशको भ्रमण समेत गर्नु भएको छ ।

 

 

प्रतिक्रिया