नजर नजरमा पछ्याएर
उ नैन तारा बन्ने देखियो
नैनमै उसको अधर देख्ने
बाँकी कसर देखियो
जवानीको झोकमा नजर घुमाई
छकाउने बेजोड बाजी देखियो
हिउँको ढिस्कोमा नजर लगाई
चिसो धापले धापीने प्रहर देखियो
झरी पर्ने असारेमा नजर लगाई
पानीको दोवानमा डुब्ने
पानीलेझै आकार आफै खोज्ने
बटुवा बन्दै हिंड्ने सफर देखियो
अलका मल्ल
काठमाडौं
प्रतिक्रिया