‘मेरो मनको तरेलीमा’म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७६ माघ ८ गते १८:४६ मा प्रकाशित

लण्डन संवाददाता/ईनेप्लिज डट कम-
लण्डन ,माघ ९। गायक चन्द्र श्रेष्ठको स्वर संगीत रहेको ‘ मेरो मनको तरेलीमा’ बोलको म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटलले आफ्नो सामाजिक  संन्जाल युट्युव मार्फ़त  सार्वजनिक  गरेका छन् ।


मोफसलमा रहेर कलाकारितामा संघर्ष गरिरहेका वियाल राई र प्रियंका माझीको प्रमुख फ़िचरिङ्ग रहेको भिडियोमा दिपक गौतम र धिरजको पनि अभिनय रहेको छ भने सन्तोष  राना मगरले उक्त भिडियो लाई निर्देशन तथा सम्पादन गरेका हुन् ।

लामो समय देखि देश बहिर रहेर पनि  पत्रकारिता र साहित्यमा कलम चलाईरहेका गीतकार रोशनले ‘हिमाल झै माया अग्ली रहोस, मेरो मनको तरेलीमा, लाहुरेको राइफल शिरानी , मेरो दिल बाट गीतहरु सिर्जना गरिसकेका छन् ।

जहाँ रबि पुग्दैनन त्यहाँ कबि पुग्छन भने जस्तै सर्जकको लागि सिमानाले छेक्दैन चाहे बुद्ध भुमि चाहे युद्धको भुमिमा किन नहोस यदि मन मलिलो भयो भने जस्तो ठाउँमा रहदा पनि गीत र संगीत साहित्यको सिर्जना गर्न सकिने रहेछ गीतकार मेवाहागले यो गीत पनि अफगानिस्तानको युद्द भूमिमा रहदा रचना गरेका हुन् । जुन गीतमा आफ्नो प्रियतमलाई मन मुटु भित्र संगालेर मिठो भावनालाई सारंगीको तारहरुमा रेटेर प्रेमको आलाप गरिरहेको पाईन्छ ।

प्रतिक्रिया