पर्यटन गन्तव्य नेपालको भियनामा भव्य प्रचार

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ माघ ५ गते २१:३२ मा प्रकाशित

गत वर्षदेखि नेपाल पर्यटन बोर्डले अस्ट्रियाको राजधानी भियनामा जनवरी १६ देखि १९ सम्म चार दिन चलेको पर्यटन गन्तव्य सम्बन्धी ठुलो मेलामा नेपाली राजदुतावासको सहयोगमा भाग लिएको छ। गतवर्ष सानो स्टल लिएर पर्यटन बोर्ड नेपाल सहभागी भएको यस कार्यक्रममा यस पटक पर्यटन बोर्डको संयोजकतामा अरु पाँच ट्रैकिंग तथा ट्राभल एजेन्सी सहभागी भएका थिए। सहभागी टेर्किग तथा ट्राभल एजेन्सीमा आभाष फिल त माउन्टेन ट्राभल, हाई स्पीरीट ट्रेक, माउन्टेन बुद्ध होलिडे, ओझा होलिडे टुर र वान हिमालयन एडभेन्चर थिए। सहभागी आयोजकका अनुसार धेरैको नेपालप्रति आकर्षण बढेको भनाई थियो तर कार्यक्रमको ठोस जानकारी नहुदां तयारी र प्रस्तुती कसरी गर्ने भन्ने अन्यौल रहेको भनाई व्यवसायी शिवराम बस्नेतको थियो र आगामी वर्षमा सहभागी हुन आफु यस पटकको अनुभवबाट तयार रहेको र उत्सुक रहेको समेत उहांले बताउनुभयो।

व्यवस्थापन कमजोरी र सुधारका सुझाव:

१. स्टलको सजावट: निकै आर्कषक स्थानमा यस पटकको स्टलमा निकै फराकिलो ठाऊ समेत रहेको थियो तर नेपालको कलासंस्कृती धल्कने सजावट थिएन।

२. प्रचारप्रसार सामग्रीको कमी: करीब ८० देश का ८०० प्रदर्शकहरु र हरेक दिन हजारौको संख्यामा आउने आगन्तुकहरुलाई नेपाल पर्यटन बोर्डले पुग्दो प्रचारप्रसारका सामग्री तयार गर्न नसकेको अनुभव धेरैले गरे किनकी आगन्तुकहरुले यथेष्ट मात्रामा सामग्री हात पार्न सकेनन्।

३. बिक्री सामग्री: नेपाली घरेलु व्यवसाय पश्मिना, हस्तकलाका सामानहरु समेत प्रदर्शन र बिक्री गरेर नेपाली व्यवसायलाई समेत प्रवर्धन गर्ने सुनौलो अवसर हो यो, यस पर्यटन बोर्ड या नेपाल सरकार चुकेको छ।

४. नेपाली संघससंस्थासंगको: भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा गैर आवासिय नेपाली संघ र अन्य संघसस्थाहरुले समेत आफ्नो कार्यक्रम शुरुवात गरिसकेको हुदां यस कार्यक्रममा स्थानीयहरुको सहयोग लिएकोभए स्टल सजावट, संगीतनृत्य समेत प्रदर्शन गरेर धेरैको ध्यानाकर्षण गर्न यो सहभागिता निकै सफल हुन्थ्यो।

भियनामा हरेक वर्ष गरिने यस फेरियन मेस्से पर्यटन गन्तव्यसम्बन्धी मेला विशेष हुनुको कारण ठुलो मोटर कार प्रदर्शन पनि हो। एउटै टिकटले विभिन्न प्रदर्शनकमा प्रवेश गर्न पाइने र विभिन्न ब्राण्डका मोटरकारहरु उचित मुल्यमा बिक्री वितरण गरिने हुदां यस पर्यटन मेलामा ठुलो भीड़ लाग्ने गर्दछ ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया