आमा सम्झेर भाबुक भए पुजा र पुष्पा, गाउँबाट अझै आएनन् आफन्त (भिडियो)

इनेप्लिज २०७६ माघ ४ गते १२:०९ मा प्रकाशित

करिब ४ बर्ष अघि आफ्ना बाबुको मृत्यू भएपछि पुष्पा र पुजाकी ममीले छोरीहरुलाई पोखरामा ल्याएर पढाईन् । आर्थिक अवस्था दयानिय भएपनि दुःख गरेर उनले छोरीहरु पालेकी थिइन् तर तीनै आमा पनि बितेपछि उनै १४ बर्षकी पुजा र ११ बर्षकी पुष्पाको साहारा हराएको छ । मामाघरमा बसेर पढ्दै आएका उनीहरुको गाउँ भने नेपालगंज हो । नेपालगंज भनिएपनि उनीहरुको घरसंग राम्रो सम्बन्ध थिएन ।

बाबुको मृत्यू भएपछि पोखरामा आए र घरबाट वास्ता नगरेकै कारण उनीहरु नेपालगंज गएनन् । आमाको पनि मृत्यू भएपछि पुजा र पुष्पालाई मावली गाउँलेहरुले सहयोग गरिरहेका छन् भने देशका बिभिन्न ठाउँहरुबाट पनि सहयोग आउनेक्रम जारी छ । काजक्रिया सकिएको र नेपालगंजतिर पनि खबर गरिएको तर उनीहरुले वास्ता नगरेको सागर गिरीले बताए । यसो त पुजाले पनि आफूहरु मामाघर छोडेर कतै नजाने बताईन् ।

प्रतिक्रिया