गायिका कविता श्रेष्ठको आवाजमा ”स्रोह बर्षे जोवन” भिडियो सहित ।

इनेप्लिज २०७६ माघ ३ गते ११:१६ मा प्रकाशित

काठमान्डौ , माघ ३

टेलिभिजन रियालिटी सो छमछमी ४ की विजेता सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङमा नयाँ गीत ”स्रोह बर्षे जोवन” गीतको भिडियो सांगितिक बजारमा सार्वजनिक भएको छ ।

गायिका कविता श्रेष्ठको आवाजमा रहेको गीतमा स्रोह बर्षे जोवनमा पुगेका युवा युवती विचको भावनालाई समेटिएको छ ।
शालु डिसीको शब्द तथा राजु लामाको संगीत गीतमा छ ।

”स्रोह बर्षे जोवन” गीतमा युवा युवती विचको रोमान्स लाई प्रस्तुत गरिएको गायिका कविताले बताइन । कृष्ण पाण्डे , केशव अधिकारीको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका नृत्य निर्देशक राजन मर्हजनको नृत्य निर्देशन भिडियोमा रहेको छ ।
”स्रोह बर्षे जोवन” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया