आँखै आँखामा मदिरा (नशा)लेख्छु

भावना बिष्ट २०७६ माघ २ गते २३:२० मा प्रकाशित

आँखै आँखामा मदिरा (नशा)लेख्छु

ल आज म एउटा सपना ,

समय समयको कथा लेख्छु

यों पल पल को हिसाब लेख्छु

ल आज म सपना लेख्छु

आँखै आँखामा मदिरा लेख्छु

 

कता कतै तिमी मलाई लेख्नु

तिमरो मन भरीका प्रस्नहरुमा

कता कतै म तिमीलाई लेख्छु

मेरा मन भरीको उज्यालो हरुमा

ल आज म सपना लेख्छु

आँखै आँखामा मदिरा लेख्छु

 

म थोपा थोपा पगलिदै लेख्छु

तिमी समेटदै जीन्दगी लेख्नु

माया प्रेम को आज दुबैले ,

लालीमय सुन्दर गुलाब लेखौं

ल आज म सपना लेख्छु

आँखै आँखामा मदिरा लेख्छु

 

मनका ती इच्छा र चाहाना ,

लौ आऊँ आज मनै भरी लेखौ

गुम्स्याएका उकुसमुकुस ,

अब हामी हाँसी खुशी लेखौ

ल आज म सपना लेख्छु

आँखै आँखामा मदिरा लेख्छु

 

संग संगै बाचने मरने कसमहरु

आज सबै मन मुटुमा लेखौं

बिर्सीएर तिता पिर घाऊहरु

हामी दुबै अंगालो मा लेखौं

ल आज म सपना लेख्छु

आँखै आँखामा मदिरा लेख्छु

प्रतिक्रिया