मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित

इनेप्लिज २०७६ माघ २ गते ११:४८ मा प्रकाशित

काठमाडौँ , माघ । मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका मेनुका राईको आवाजमा रहेको “वितेको पल “ गीतको भिडियो सार्वजनिक भएको छ । माया आहारिसे देखि सयौ चर्चित गीतकी गायिका हुन मेनुका राई ।

प्रेमका भाव र मनको पिडालाई समेटेर गीत तयार गरिएको छ । मन भित्रको भित्री पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा मायालु जोडीको पिडालाई ब्यक्त गरिएको छ । जनक अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “वितेको पल “ गीतमा सुवास , गीता , निर्मलाको अभिनय रहेको छ ।

“वितेको पल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया