झोला भित्रको एउटा सुन्तला

रमेश ढकाल २०७६ पुष २८ गते २२:२९ मा प्रकाशित

रमेश ढकाल

कक्षा एकमा गणित सिकाउने मिसले एक दिन क्लासका विद्यार्थीलाई मौखिक परीक्षा लिने सोचेर अर्नब नाम गरेका एक विद्यार्थीलाई प्रश्न गर्छिन्:

मिस: अर्नब यदि मैले तिमीलाई दुई वटा सुन्तला अनी फेरी अरु दुइवटा सुन्तला दिए भने तिमीसंग जम्मा कतिवटा सुन्तला हुने छन्?

अर्नब: ५ वटा मिस।

अर्नबको उत्तर सुनेर मिसलाई लाग्छ, शायद अर्नबले मेरो प्रश्न राम्ररी बुझेन होला, भनेर फेरि हातका औँलाहरुको ईशारामा पनि बुझाउने प्रयास गर्दै पुन प्रश्न गर्छिन्। अर्नबले फेरि पनि ५ नै उत्तर दिन्छन्।

हातले इसारा गरेर देखाउदा पनि अर्नबले गलत उत्तर दिए पछि, मिस अलिक दुखी हुन्छिन्। अनि एकदिन अर्नबको आमाले उनलाई अर्नबले सुन्तला भन्दा स्ट्रबेरी मन पराउछ भनेर सुनाएको कुरा सम्झदै, आफ्नो उदाहरण परिवर्तन गरेर, फेरि अर्नबलाई प्रश्न गर्छिन्।

मिस: अर्नब यदि मैले तिमीलाई दुई वटा स्ट्रबेरी अनि फेरी अरु दुइवटा स्ट्रबेरी दिए भने तिमीसंग जम्मा कतिवटा स्ट्रबेरी हुने छन्?

अर्नब: ४ वटा मिस।

अर्नबको उत्तर सुनेर मिस खुशी हुन्छिन् संगै आफुले उदाहरण परिवर्तन गरेको कारणले सहि उत्तर आएकोमा आफ्नो विवेकशील निर्णय प्रती मनमनै गर्व पनि गर्छिन्। खैर, अर्नबले जोड राम्रो संग जानेको छ भन्ने कुराको पुष्टि गर्नलाई, मिसले फेरि एकपटक अर्नबलाई पहिलाकै प्रश्न गर्छिन्।

मिस: अर्नब अब फेरि भन यदि मैले तिमीलाई दुई वटा सुन्तला अनी फेरी अरु दुइवटा सुन्तला दिए भने तिमीसंग जम्मा कतिवटा सुन्तला हुने छन्?

अर्नब: ५ वटा मिस।

अर्नबको उत्तर सुनेर मिस रिसाउदै अलिक ठुलो स्वरमा अर्नबलाई सोध्छिन्: कसरी दुई वटा स्ट्रबेरी अनी अरु दुइवटा स्ट्रबेरी दिदाचै ४ हुन्छ र त्यसैगरेर दुई वटा सुन्तला अनी अरु दुइवटा सुन्तला दिदा चै ५ हुन्छ भन्छौ?

मिस रिसाएको देखेर बिचरा अर्नब डराउँदै, रुन्चे स्वरमा बोल्छन्, मिस मेरो झोलामा पहिलै बाट नै एउटा सुन्तला छ, त्यसैले हजुरले मलाई दुई दुई वटा गरे अरु ४ वाटा सुन्तला दिनु भयो भने मसंग जम्मा ५ वटा सुन्तला हुनेछन्, त्यसैले मैले ५ भनेको हुँ।

अब भन्नुस मिस र अर्नबमा को सहि छन् ?

के मिस गलत छिन्? हैन, किनकी २+२ = ४ नै हो, हुनुपर्छ।

यसो हो भने, के अर्नब गलत छन्? यो पनि हैन, किनकी २+२+१ = ५ नै हुन्छ।

यो सानो घट्ना बाट हामी एउटा कुरा त सहज रुपमा बुझ्न सक्छौँ, त्यो के भने “हाम्रो दैनिक जीवनमा उत्पन्न हुने समस्या/द्वन्द्वहरू ज्यादातर ‘प्राविधिक र व्यावहारिक’ संच्चाइका बिच रहनेगरेको अन्तरका कारण सिर्जना हुने गर्दछन्।” हैन र ?

जे आँखाले देख्छ छ अथवा हाम्रो आँखा अगाडि प्रत्यक्ष छ त्यो संच्चाइको एउटा रुप भयो जो प्राविधिक रूपमा सहि हुन्छ तर त्यहि कुरा ब्यवहारिक रुपमा भने सहि नहुन पनि सक्छ। प्राविधिक रूपमा देखिएको सत्यता भित्र अर्को सत्य पनि लुकेको हुनसक्छ भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन – जस्तो कि अर्नबको झोला भित्र लुकेको एउटा सुन्तला।

त्यसैले यदि कहिलेकाहीं हामीलाई हाम्रो श्रीमती अथवा श्रीमानले माया नगरेको जस्तो महसुस भयो भने यो कुरा प्राविधिक रुपमा त सहि हुनसक्ला तर ब्यावहारिक रुपमा भने सहि नहुन पनि सक्छ। यो अवस्थामा हामीले माथिको घट्नामा अर्नबको झोला भित्र लुकेको सुन्तला देख्न खोज्ने प्रयास गर्नु पर्छ। यसै गरेर, यदि हामीलाई लाग्छ हाम्रा छोराछोरीहरु हामीले भनेको मानिराखेका छैनन् भने, भनेको नमान्ने कुरा त अब्भियस् नै हुन्छ। तर केटाकेटी किन भनेको मानिराखेका छैनन त भनेर त्यो झोला भित्र लुकेको सुन्तलालाई खोज्ने प्रत्यन गर्नु पर्छ।

अतः आउँदा दिनमा यदि कसैको ब्यवहार अथवा कसैको कुनै कुरा/कार्य प्राविधिक दृष्टिले सहि देखिएन भन्दैमा, गहनरुपमा सोचविचार नागरिकन कुनै निर्णयमा पुग्नु भन्दा पहिला वर्तमान अवस्थामा देखिदै गरेको त्यो क्षणिक सत्यताको पछाडि लुकेको अर्को वास्तविक सत्यतालाई हेर्ने खोज्ने प्रयास गरौँ। ताकि त्यो झोला भित्र लुकेको एउटा सुन्तलालाई देख्न सकियोस्। यसो गर्नाले अगाडिको व्यक्तिलाई राम्रोसंग बुझ्न तथा आपसमा उत्पन्न समस्या/द्वन्द्व/विवादाहरुलाई सहजरुपमा समाधान गर्न ठुलो मद्दत पुग्ने छ। (लाइफस्टाइल् कोच गौर गोपाल दासजीको टक्स्’मा आधारित)

रमेश ढकाल
भद्रपुर-७ (हाल: दोहा, कतार)
[email protected]

प्रतिक्रिया