“ओमनलाई आधुनिक र समृद्ध राष्ट्र बनाउने सुल्तान जस्तै सन्त लिडर नेपाललाई आवश्यक छ”

एचबी ताम्राकार , जापान २०७६ पुष २७ गते १२:०३ मा प्रकाशित

एचबी ताम्राकार । जापान ओमनका सुल्तान काबूस बिन सैद अल सैद का ७९ बर्ष को उमेरमा निधन भएको छ ।काबूस अरब जगत मै सबैभन्दा लामो समय सम्म सुल्तान बने ।

उनको निधन शुक्रवार साझ भएको हो ।आधुनिक अरब मा सबैभन्दा लामो समयसम्म शासक को रुपमा रहेका सुल्तान काबूसले विवाह नै गरेका थिएनन् ।उनको कोहिपनि संतान नभएकाले उनको ठाउँमा उत्तराधिकारीको रुपमा कोहीपनि थिएनन् ।

ओमान को संविधान अनुसार, शाही परिवार संग नया शासक छनोट गर्न का लागि तीन दिनको समय दिइएको हुन्छ ।यदि परिवारले चुनाव गर्न सकेनन् भने , परिवारको नाममा लेखिएको पत्र मा काबूस द्वारा तोकिएको व्यक्ति नै नया सुल्तान हुने निश्चित हुन्छ ।

हैसम बिन तारिकले ओमनको नयॉं सुल्तानको रुपमा शपथ पनि लिइसकेका छन् ।परिवारले गम्भिर छलफल गरेपछी उनैलाई देशको सुल्तानको रुपमा घोषित गरिएको हो । नयॉं सुल्तान काबुसले मन पराउने पात्र मध्यका एक हुन् ।

१९७० मा ब्रिटेनको समर्थनमा सुल्तान काबूसले अफ्नो बुवालाई गद्दीबाट हटाएर आफै ओमानको सुल्तान बनेका थिए ।उनले ओमनको समृद्धिकालागि ओमनसंग भएको तेलको सदुपयोग गरेका थिए ।

तेलबाट हुने कमाईलाई सहि ठाउमा प्रयोग गरेर आधुनिक ओमन बनाउन सफल भएका छन् । सुल्तान काबूस एक सन्त राजनेता हुन् ।उनले चाहेका भए जस्तोपनि केटीसंग विवाह गरेर आफ्नो परिवारको समृद्धि तिर अल्झिन सक्थे तर उनले त्यसो गरेनन् ।

यिनले आफ्नो बुवालाई गद्दीबाट हटाउदासम्म १० किलोमीटर रोड र ३ वटा विधालय मात्र निर्माण गरिएको थियो । त्यहाको राजनैतिक अवस्था एकदमै चिन्ताजनक भइरहेका बेला उनले आफ्नै बुवालाई गद्धिबाट हटाएर ओमनको सुल्तान बनेका हुन् ।

त्यो बेला ओमनको अवस्था एकदमै नाज़ुक थियो । ओमनका नागरिक सवै रोडमा आएका थिए । उनिहरुको एउटै माँग थियो , राम्रो ज़्यादा पाउ , राम्रो नौकरी होस् र अत्यधिक भ्रष्टाचारको अनत्य होस् ।

ओमनका भिजनरी लिडर अर्थात सुल्तान काबुसले नागरिकको आवाज़ लाई सुने । सुल्तान काबुसले दर्जनौ भ्रष्ट मन्त्रीहरु निकालेर योग्य अनि ईमान्दार मान्छेहरुलाई आफ्नो टिममा राखेर ओमनलाई तिब्र बिकासको बाटोमा लगे ।

उनले ओमनका अहिले सवैलाई रोजगारी दिएका छन् । वेरोजगार युवाहरुलाई भत्ता दिएर केहि समयपछी आफै काम खोजेर युवाको भविष्य सुनिश्चित गरिदिने गरेका छन् । ओमनमा ट्याक्स नलिने भएकाले त्यहा गाडीहरु एकदमै थोरै मुल्यमा खरिद गर्न पाईन्छ । गाड़ी हुनेहरु प्राय सवै छन् ।

ओमनलाई आधुनिक र समृद्ध बनाएर यो संसार छोडेका सुल्तान काबुसलाई हार्दिक श्रद्धांजली छ । यस्तै लिडरको खोजिमा नेपाल उहिलै देखी लागि परेको छ । सन्त , देश बनाउने , जनताको पक्षमा आवाज उठाउने , भ्रष्टाचार को अन्त्य गर्ने सहि लिडर वा राजनेता नपाउदा नेपाल दुख पाएको छ । नेता भनौदाहरुको सदबुद्धि आओस् ।

लगभग २ दशक बढ़ी समय बेकारमा खेर फालेका छौ । सोचेजस्तो प्रगति हुन् सकेको छैन् । अब त केहि गर ?

जय देश, जय स्वाभिमान

प्रतिक्रिया