जर्मनीमा बन्यो सद्भाव समूह

इनेप्लिज २०७६ पुष २० गते ८:२३ मा प्रकाशित


युरोपको जर्मनीमा सुमन सिंखडाको संयोजकत्वमा नौ सदस्यीय ‘साझा सद्भाव समूह जर्मनी’ को गठन भएको छ।।संयोजक सिंखडा जर्मनीको बिश्वबिद्यालयमा बायोमेडिकल इञ्जिनियरिङ्गमा स्नातक तहमा अध्ययनरत छन्। उनले बिदेशमा रहेका युवाहरु सुसंस्कृत राजनीतिमा आवद्ध नभई देशको रुपान्तरण हुन असम्भव रहेकोले आफ्नो अध्ययन पश्चात नेपाल फर्की संगठन निर्माणमा लाग्ने बताए।

सद्भाव समूहका अन्य सदस्यहरुमा कृष्ण शिवाकोटी, राजीव सापकोटा, सुदिप अधिकारी, जीवन तामाङ, सन्नी ताम्राकार, टोनी काफ्ले, उमेश सत्याल र निरज सोडारी रहेका छन्।

साझा पार्टीप्रति सद्भाव राख्नेहरु प्रवासमा बढिरहेको र हालसम्म भारत, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, कुवेत, युएई, कतार, ओमन, बेलायत, डेनमार्क र पोल्याण्ड लगायतका एक दर्जन बढि देशमा साझा सद्भाव समूह गठन भईसकेको र अन्य देशमा पनि बन्ने क्रम जारी रहेको सद्भाव समूहका अन्तर्राष्ट्रिय संयोजक डा. राजेन्द्र पङ्गेनीले बताए।

प्रतिक्रिया