छुवाछुत विरुद्धका राजु परियारका गीत, मैले छुदा छोइन्छ भनेत सुन पानीले छर्क मायालु

इनेप्लिज २०७६ पुष १८ गते २१:५९ मा प्रकाशित

छुवाछुतको कलंक मेट ए नेपाली छौ भने सचेत रुमाल धोको छु यो खोलीको पानी कोइ नखानू मैले छोको छु यो गीतलाई राजु परियार र कृष्णा परियारले केही वर्षअघि गाएका थिए । गीतका शब्दलाई झलक संगीतम र सञ्जिवनीले लेखका थिए । यो गीत अहिले पनि उत्तिकै रुचाइन्छ, सुनिन्छ । वर्गीय र जातीय छुवाछुतका विरुद्धमा अहिले पनि आवाज उठिरहेका छन् । यही मुद्दालाई टेक्दै राजनैतिक रुपमा पनि अग्रगामी परिवर्तन भइसकेका छन् नेपालमा ।

अझै पनि समाजमा जातीयताको जरो अझै ढलेको छैन । तर, सिनेमा, साहित्य र संगीतका माध्यमबाट कलाकारले समाजलाई घच्घचाइरहन कलाकार उत्तिकै अग्रसर देखिएका छन् । चाहे नाटककै माध्यमबाट किन नहोस्, तर जातीयताको आवाज लगातार उठिरहेको छ । पहिलेको तुलनामा छुवाछुत र हिंसाका घटना केही मत्थर भएजस्तो लागेपनि पूर्ण रुपमा सकिएको भने छैन । समाजसम्म पुग्नका लागि अन्य माध्यमभन्दा सहज माध्यमका रुपमा संगीतलाई लिने गरिन्छ ।

https://www.youtube.com/watch?time_continue=1&v=24DAIpc-MN8&feature=emb_logo

प्रतिक्रिया