अटवामा टोपी दिवस र नेपाल भ्रमणबर्ष २०२०

सुरेन उप्रेती अटवा क्यानडा २०७६ पुष १७ गते २३:१९ मा प्रकाशित

क्यानडा,

जनवरी एक २०२०का दिन क्यानडाको राजधानी अटवामा बसोवास गर्ने नेपालीहरुको एक भेलाले टोपी दिवस मनायो । अंग्रेजी नयाँ बर्षलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रुपमा मनाउन थालेको सात बर्ष पुगेको छ ।टोपी नेपालीहरुको शान र पहिचानको प्रतिकका रुपमा रहेको छ । यो टोपी दिवसले आज सम्म आइ पुग्दा सन्सार भरी छरिएर रहेका नेपालीहरुलाई समेटदै गएको छ। कार्यक्रममा अटवा स्थित क्यानडाका लागि नेपाली राजदूत महामहिम श्रीमृगु ढुँगाना प्रथम सचिव प्रकाश अधिकारी तथा अटवामा रहेका बिभिन्न नेपाली सँघ संस्थाका प्रतिनिधिहरु र सर्वसाधारणहरुको व्यापक सहभागिता रहेको थियो ।

सहभागीहरुको परिचयबाट शुरु भएको कार्यक्रममा नेपाली टोपी दिवसको औचित्य र महत्वबारे बिभिन्न बक्ताहरुले आआफ्नो विचारहरु राख्नु भएको थियो । कार्यक्रममा सीएफएफएनका अध्यक्ष तथा अनेसास क्यानडाका सल्लाहकार इस्वर ढुँगेलले यो टोपी दिवसलाई नयाँ बर्षमात्र नभनेर अंग्रेजी नयाँ बर्ष भन्नु पर्छ । हाम्रो आफ्नै नेपाली नयाँ बर्ष भएकोले नेपाली वालवालिका र नयाँ पुस्तालाई अन्योल सृजना हुन सक्ने तर्फ सचेत गराउँनु भयो । त्यस्तै डा राजेन्द्र पराजुलिले टोपी दिवसले नेपालीहरुलाई भेटघाट गराउने र एकल परिवार तर्फ उन्मुख भएर पिडा भोगिरहेको समाजलाई जुटाउने काम गर्न सक्छ भन्नु भयो । अर्का वक्ता समिर राजभण्डारीले मानिसहरु जीवनकालको उत्तरार्धमा प्रवेश गरे पछी कसरी सक्रिय हुन सकिन्छ भनेर माध्यम खोजी रहेका छन् । यस्तो अवस्थामा टोपी दिवसले महत्व पूर्ण भूमिका खेल्न सक्छ भन्नु भयो । क्यानडा नेपाल सोलिडारिटी फर पिसकी अध्यक्ष तारा उप्रेतीले मन्तव्य राख्दै मानिसहरु एक्ले हुँदा समाज सँग अन्तर्क्रिया नहुँदा डिप्रेसन जस्ता रोगहरुले सताउन सक्छ । यसप्रकारका कार्यक्रमले काउनसिलिङको काम पनि गर्न सक्छ भन्नु भयो । त्यस्तै अर्का वक्ता डा योगेन्द्र भट्टराइले टोपी दिवसलाई अझ राष्ट्रिय पोशाक दिवसका र अझ नेपाली संस्कृतिको पहिचानहुने पोशाक दिवसका रुपमा विकाश गर्न सके नयाँ पुस्ताहरुलाई पनि आकर्षक हुने थियो भन्नु भयो । कार्यक्रममा बासुदेव राजभन्डारीले नेपाली पोशाकहरुलाई लगाएर शहर परिक्रमा गर्यो भने नेपाल र नेपालीको पहिचान बढाउँने थियो भन्नु भयो ।

कार्यक्रमको प्रमुख वक्ताका तर्फबाट महामहिम राजदूत ढुँगानाले मन्तव्य राख्दै सबै सहभागीहरुलाई धन्यवाद तथा शुभकामना दिनु भयो । यस प्रकारका कार्यक्रमले नेपालीहरु माझमा आत्मियता ल्याउँने मात्र नभएर नयाँ पूस्ताहरुलाई पनि नेपालकोबारेमा जानकारी गराउछ भन्नु भयो । नेपाल सरकारले इस्वी सम्वत २०२०लाई नेपाल भ्रमण बर्षका रुपमा मनाउनलाई भव्यरुपमा समुद्घ्घाटन पनि भइ सकेको छ । नेपालमा बार्षिक करिब पच्चिसलाख पर्यटकहरुलाई बशोवास गर्ने क्षमता भएका होटलहरु तयार भएका छन् । करिब पचास भन्दा बढी आन्तरिक विमानास्थलहरु र एक अन्तराष्ट्रिय विमानास्थल रहेको र अब चाँडै अर्को गौतम् बुद्ध अन्तर्राष्ट्रिय विमानास्थल तयार हुने कुरा जानकारी गराउँनु भयो । पर्यटकहरुलाई होटलहरुको संघले तीस प्रतिशत छुट दिने त्यस्तै गरी ट्राभलले विस प्रतिशत छुट दिने । करिव छसय होमस्टे संचालनमा रहेका र ती सबैले आकर्षक छुट दिने कुरा जानकारी गराउनु भयो । नेपाल सरकारले हरेक गैह्रआवासिय नेपालीहरुलाई एक एक पर्यटक भित्र्याउन अनुरोध गरेको छ । यसलाई अझ धेरै पर्यटक भित्र्याउन सहयोग गर्न आव्हान गर्दछु भन्नु भयो । क्यानडाका विभिन्न शहरहरुमा बर्षै भरी बिभिन्न कार्यक्रमहरु आयोजना हुने हुँदा सबै सहभागी हुनु हुन राजुदूत ढुँगानाले अनुरोध गर्नु भयो ।

कार्यक्रममा शालिग्राम अर्याल एनसिएओका डा कालदास सुवेदी गैह्रआवासिय नेपाली सैघका प्रतिनिधि तथा अनेसास क्यानडाका महासिचव सन्तोस बरालले आआफ्नो विचार राख्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा र एनआरएनको आयोजनामा भएको यस कार्यक्रमकोलाई सहजीकरण संस्थाका अध्यक्ष भानुभक्त आचार्यले गर्नु भएको थियो । अध्यक्ष आचार्यले आगामी बर्षहरुमा अझ व्यवस्थित रुपमा कार्यक्रमलाई अगाडि बढाउने दृढता प्रकट गर्दै सबैलाई शुभकामना तथा धन्यवाद दिनु भयो ।

प्रतिक्रिया