उँखु पेलि मेशिनमा चिनि बनथ्याे पहिले
किसान समेत पेलिकन बन्दाे रै छ अहिले !
त्यस्ताे खालकाे चिनि आज छ त बजार भरि
ब्यापारीले बेचेकाछन् नाफा गरि गरि
ऋण गरेर उँखु ला छ न त केहि पा छ
त्यहि उँखुकाे पैसाे माग्न अर्काे ऋण नि ला छ!
मिलमै ल्याउछ्न् बेच्न बरा खेतमा जान्न किन्न
चिनि बेच्छ मिलवालाले उँखुकाे माेल दिन्न!
कस्ताे हुँदाेे हाे देख्दा तिन्लाई अाज त्यही चिनि
उधाराे नि दिन्नन तिन्लाइ के ले खानु किनि!
श्राप दिए कि किसानले नपाँउदामा भाेग
त्यहीभएर लाग्छ कि खै खाँदा सुगर राेग?
गाँउ , प्रदेश ,केन्द्र अरे सरकार जता ततै
न्याय खाेज्दै रुँदै हिंडे पाएनन् नि कतै!
मधेशका लागि भन्ने च्याउ सरि नेता
कुर्सी पाए पुगि हाल्छ जान्न नजर त्यता!
न छ त्यँहा जिबनकाे न उँखुकाे मुल्य
जिँउदाे शरिर पनि जले बनि दाउरा तुल्य!
सर्बहारा शासन सत्ता कृषि प्रधान देशमा
मरेका छन् किसान कठै एति साना केसमा!
सरकारमा बसि खा छाै त्याे उँखुकाे चिनि
गुलियाे कि नुनिलाे छ जिब्रै टट्याइ दिनि ?
न्याय माग्न राजधानीमा आउदा कठै आज
नातागतले ढल्दा त्यँहि सडककाे माँझ
दिँदाखरि पिउन उसलाइ आज चिनि पानी
हेर्याे मात्रै इन्कार गर्याे आफ्नै आशु ठानि!
अर्जुन राज पन्त
(कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइली का समेत लेखक हुन)
प्रतिक्रिया