सबैको हात प्रदीपको साथ, एनआरएनए चीन

इनेप्लिज २०७६ पुष ६ गते ३:२९ मा प्रकाशित

गोन्जाउ, चीन। जत्रो यो देशको नाम छ एनआरएनए चीनको पनि त्यत्रै ठुलो नाम र काम छ। त्यसैले होला यस संस्थामा रहेर समाजको सेवा गर्न यह तछाड मछाड चलिरहन्छ । संस्थामा सबैलाई समेटन र सबैको चित्त बुझाउन असम्मभ जस्तै हुन्छ, तर पनि आफुले सके सम्म सबैलाई समेटेर एक मगमग बास्ना आउने सुन्दर साझा फुलबारी बनाउनलाई आफुले धेरै काम र निन्द्रा छोडेर भएपनी कुनै कसर बाँकी नराखेको एनआरएनए चीनको अध्यक्ष प्रदीप न्यौपानेले बताउनु भयो ।

तर बजारमा तपाईले केही आफुलाई मनपर्ने सीमीत ब्यक्तिहरुलाई मात्रै च्यापेर अघिबड्दै हुनुहुन्छ रे भन्ने आरोप लागेको छ नि त भनेर प्रश्न गर्दा अध्यक्ष न्यौपानेले भने, जस्ले यो भनेको छ यो सरासर झुठो र कल्पित आरोप मात्रै हो।

एनसीसी चीनको चुनाब सकिए लगत्तै एनआरएनएको ग्लोबल सम्मेलनमा भाग काठमाडौ गईयो, त्यस लगत्तै तिहार आयो, दशै र तिहारमा घरगएका कार्यसमितिका साथीहरु समयमै फर्किनसक्नु भएन । चीनकै एनसीसीको चुनाब , अधिवेशन देखी दशै, ग्लोबल सम्मेलन, तिहार सम्म लठपत्र रहेको काम र ब्यापारमा भएको ड्यामेज म्यानेज गर्नको लागी केही समय सस्थालाई पुर्णरुप दिन नभ्याएकै हो तर सिमित ब्यक्ति मात्रै च्यापेर अघि बढन खोजेको भन्ने कुरा सरासर झुठो र भ्रामक हो।

हाम्रो हिजो शनिबार बसेको कार्यसमितिको बैठकले मनोनीत गरेका नाम लिस्ट हेरे पनि घाम जस्तै छर्र्लंग हुने बताए। तर तपाईहरुले पास गरेको नया मनोनीत नामको सुचीमा पुराना आईसीससी रंजन ढकाल, भुपु अध्यक्ष संजय चेतानी,भुपु महासचिव निर्मल चौलागाई , गोल्डमेडलीस्ट दिल कठायत लगाएतका केही साथीहरुको नाम त अझै छैन नि भनेर जिज्ञासा राख्दा उनले आफुले उहाहरुलाई भेटेर तथा फोन गरेर आफ्नो कार्य समितिमा बसेर सहयोग गर्न अनुरोध गर्दा उहाँहरुले हालसालै केही नया प्रोजेक्ट शुरु गर्नु भएकोले सस्थामा भित्र बसेर काम गर्न नभ्याउने तर बाहिरै बाट हरदम सहयोग र सुभेच्छा रहेको जानकारी गराउनु भयो ।

र भन्नुभयो यो मनोनीत अन्तिमनै चै होईन, हामीले पछि पनि समयको माँग र संस्थाको आवश्यकता अनुसार अझै उहाहरु लगाएकका अरु साथीहरुलाई थप्दै र समेटदै जानी आश्वासन पनि दिनुभयो ।

अर्का पुराना संस्थापक कालदेखीकै एनआरएनमा लागेका तर अहिले नेपाली जनसम्पर्क मन्चको अध्यक्ष राजनकुमार जमाकट्टेल लाई तपाईले बिज्ञप्ति निकालेरै चरित्र हत्या गर्ने प्रयास गर्नुभयो रे भनेर प्रश्न गर्दा अध्यक्ष न्यौपानेले प्रष्ट पार्दै भने एक चोटी बिज्ञप्ति हेर्नुहोला ।

हामीले नामै तोकेर जनसम्पर्क समिति मन्च भनेर नामै कता पनि तोकेका छैनो तर पनि यदि हाम्रो बक्तब्यले उहाको भावनालाई र आत्मा सम्मानमा ठेस पुगेको भए म उहासंग हृदय देखीनै तपाईको पत्रिका मार्फत माफी माग्न चाहन्छु । उहाँ हाम्रो अग्रज दाजु हुनहुन्छ, उहाले हामीलाई धेरै सहयोग गर्न भएको छ र भबिस्यमा पनि उहाजस्ता अग्रज हरुको सल्लाह सुझाब चाहिन्छ ।

हामी एक दिन उहालाई मनाएर ल्याउने छौ ,बिगत मा जस्तै यो संस्थाको सल्लाहकार समितिमा आउनु हुनेछ भनेर मलाई पुर्ण बिश्वास छ।

चीनको आईसीसी सदस्य नबिन बिकले यसरी सबैलाई समेटेर एक सुन्दर र बलियो एनआरएनए बनाउन अध्यक्ष प्रदीप न्यौपानेले खेलेको भुमिकाको प्रशंसा गर्दै यसको लागी अध्यक्ष प्रदीप न्यौपाने लगाएत सम्पूर्ण कार्यसमिति टिमलाई धन्यवाद ज्ञापन गरे र भने अब २०२० मा चीनको गोन्जाउमा हुनगईरहेको एशिया प्यासीफीक रिजनल मिटिङको लागी अब हामी पुर्ण रुपमा तयारी अवस्थामा रहेको र एनआरएन चीनले फेरी एकचोटी ईतिहास लेख्ने बिश्वास पनि दिलाए ।

जे भए पनि एनआरएनएर चीनले केही समयको खिचतानी पश्चात हिजो शनिबार बसेको चौथो कार्यसमितिको बैठक बाट एनआरएनए चीनले पुर्णरुप पाएको छ। यस्को लागी एनआरएनए चीनलाई हार्दिक बधाई तथा सफल कार्यकालको कामना गर्दछौ। मनोनीत संरक्षक , सल्लाहकार, प्रवक्ता तथा सदस्यहरुको नामावली निम्नप्रकार छ।

सदस्यहरुमा मित्रलाल सापकोटा , धर्म दत्त ज्ञवाली , बिष्णु हरिभण्डारी , बुद्धि शर्मा चयन भएका छन भने प्रबक्तामा मुकुन्द ढकाल चयन भएका छन, यसैगरी संरक्षकहरुमा सुदेश कुमार झा ,अमृता थापा, डिल्ली प्रसाद पराजुली(बलराम),प्रकाश खरेल र रोहित अग्रवाललाई चयन गरिएको छ।

यसरीनै सल्लाहकारहरुमा शंकर ज्ञवाली ,सुधिर तिमेल्सिना ,सुजित बाबु श्रेष्ठ, कृष्ण सिलवाल ,मिन बहादुर श्रेष्ठ, प्रदिप भण्डारी, बिनोद तिमेल्सिना, राज कुमार खड्का र सागर न्यौपानेलाई चयन गरिएको छ।

प्रतिक्रिया