हे मेरी आमा नेपाल !

डिग बहादुर तामांग, मेरिल्याण्ड २०७६ मंसिर २८ गते २१:५८ मा प्रकाशित

हे मेरी आमा नेपाल !

संसारमा सबैभन्दा सुन्दर देश कहाँ छ भनेर सोध्यौ भने ?

म सहर्ष भन्ने छु मेरो देश नेपाल भनेर.

मेरो लागि मेरो देश नेपाल प्राण भन्दा नि प्यारो छन्,

हे नेपाल माता तिमी बिस्वसुन्दरीहरु भन्दपनि राम्री छ्यौ,

उत्तरपट्टि हिउँको हिराको हार पहिरेर बसेकी छ्यौ,

सगरमाथको शीर झैं ठाडो पारेर आफ्नो अस्मीता जोगाएर राखेकी छ्यौ,

पुर्बमा सप्तकोशी, मेची महाकाली टिस्टा र काकंडा फैलाएर

बसेकी छ्यौ हामीहरुको छातीमा गर्वको सिमा थिएन माता

हामी यहि हेरेर हाम्रो गर्बका साथ भन्छौं हामी स्वाभिमानी हौँ भनेर

सर्भोम्सत्ता, अखण्डता राष्ट्रियता

भनेर बिगुल फुक्छौँ बिस्व सामु फुक्छौँ ।

हे माता ! तिमीले पाउनु पर्ने अन्तरराष्ट्रिय सम्मान,

हजुरकी नलाएक छोरा छोरीको कारण पाउन सकेनौ,

चियाब्यापारीहरु हजुरकी कल्कलौदो जोवानी देखेर,

हजुरकी अस्मिता लुट्न तम्सिरहेका छन्

हामी एक जुटभएर हजुरकी अस्मित्तालाइ जोगाउने छौं ।

जुस्स दारीजुङ्ग फुलाएर बैंसले पातीयर हजुरको अस्मितामा आँखा लाउन थाल्छ,

तेस्ले स्वर्गको उज्यालो होइन नरकको अँध्यारो रोजेको हुन्छ

तिनकरोडको डोरी एक भएर गाँठो बन्छ, जस्तै नकचरोलाइ पनि

संसारको न्यायलयमा उभ्याउन सक्छौं ।

डिग बहादुर तामांग, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया