प्रेम बिहे गरेको ५ वर्षमा यस्तो भयो ! मरेको की मारेको ? शरिर भरी देखियो निल डाम

इनेप्लिज २०७६ मंसिर २७ गते २३:१५ मा प्रकाशित
पोखरा १० औध्योगिक क्षेत्र मिलनटोलमा एक महिला झुण्डीएको अवस्थामा भेटीएपछि पोखरामा उनका माइति पक्षले मारेको आरोप लगाएका छन् ।

२१ वर्षिय ममता मल्ल ठकुरी बिहिबार दिउसो आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएकी थिईन् । उनी आफ्नो श्रीमान सहित कोठामा रहेको र श्रीमान मनिषले आफ्नो श्रीमती मरेको भन्दै ममताको बहिनिलाई फोन गरेका थिए ।

दिउसै कोठमा श्रीमान सहित झुण्डीएको अबस्थामा भेटिएको र ममताको शरिरमा निलडाम भेटीएको भन्दै उनिहरुले आत्महत्या नभएको आरोप लगाएका छन् । उनिहरुले निश्पक्ष छानविनको माग गरेका छन् ।

प्रतिक्रिया