भोजपुरका दुई वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

इनेप्लिज २०७६ मंसिर २५ गते ८:०३ मा प्रकाशित

भोजपुर, २५ मंसिर । भोजपुरका दुई स्थानीय तहका दुई वडा कार्यालयमा अज्ञात समूहले मंगलबार राती आगजनी गरेको छ ।

रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र  पौवादुङमा गाउँपालिका–३ च्याङग्रेको वडा कार्यालयमा आगजनी भएको प्रहरीले जनाएको छ ।

च्यांग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको छ । उक्त आगजनीमा विप्लव समूहको हात हुनसक्ने जनाइएको छ ।

रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया