हल्लिएन पात त्याे पक्कै नलाइकन हावा
लाजै लाग्दा बापत कान्ड अनेक थरी बाबा
नव बुद्ध,अघाेरी र सिद्ध अनेक थरी
थरी थरी महिला कान्ड अहिले जगत भरि
सिद्ध हाे कि गिद्ध हाे त्याे बाबा नाामधारी ?
तुलसी माला बाेक्नि हातमा भक्तिनीका सारी !
आश्रम हाे कि बेश्यालय कस्ताे खालकाे कार्य?
बर्षाै देखि राशलिला कस्ताे बर्ह्मचार्य!
काेहि भन्छ बाल बुद्ध काेहि भन्छ सिद्ध
रामनामीकाे खाेल अाेडेर बस्या हुनकि गिद्ध!
गेरुधारी बस्त्र ओडी प्रचार भक्ति भाबकाे
सम्माेहनकाे जालमा पारि खेला रति रागकाे !
कुन बिद्ध्याकाे सिद्धि हाे त्याे क्यारि तिनले पाए?
गरिखान गार्हाे भाे कि यस्ताे जुक्ति लाए!
जाेगी हुन कि ढाेगी हुन् ति बाबा नामधारी?
ठगी खान पल्किएका पृथ्वीका भारि!
नजानेकाे केहि छैन सर्बज्ञ रे उनि
गाँजा तानि गफ लडायाे लगाइ शिब धुनि
भैंसी दानकाे बिधि देखि निसन्तानकाे खाेजि
गरेकै छ सबै कृत्य मान्छे राेजि राेजि !
शक्ति केन्द्र रिझाएर जङगल कब्जा गरि
खडा गरि आश्रम त्यहाँ गर्याे मन परि!
जब पाेल्छ असतीलाइ पापले भित्र भित्र
आशिस लिन्छन् त्यहिँ बाबाकाे बनाइ ठूलाे मित्र!
यस्ता सङ्ग आशिस लिँदा कस्ताे मती आउला ?
सुबुद्धिले बास गर्ला कि कुबुद्धिले छाउला !
गुरु त्यस्ता रै छन् र पाे शिस्य यस्ता भए!
मध्य रातमा रक्सि बाेकि कान्ड गर्न गए!
ब्यबहार सङ्गै नजर पनि ठ्याक्कै रै छ गिद्ध
फेर्दिउ क्यारे नाम पनि सिद्धबाट गिद्ध
-अर्जुन राज पन्त
(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य “काेइली”का लेखक समेत हुन)
प्रतिक्रिया