पूजाका छ हाइकु गोवर्धन पूजा

इनेप्लिज २०७६ मंसिर १७ गते २:१४ मा प्रकाशित

दिन के रात

पूर्वतिर हेरेर

बित्छ जवानी

हारेको प्रेमी

खुशी जति तिम्रो भो

मेरी प्रेमिका

लोभी र पापी

नकचरो बकुल्ला

भ्याकुता टिप्छ

काँध अर्काको

नालायक बन्दुके

मट्याग्रा नाश

हिउँको वर्षा

ठेगाना नै नसोधी

हिडिरहेछ

कालापानीमा

रोइरहेको मन

छाडा छिमेकी

– बोस्टन . अमेरिका

प्रतिक्रिया