४७ बर्ष उमेर अन्तरका भाइरल जोडि पहिलो डेटिङमा,भन्छन एकअर्का बिना बाच्न सक्दैनौ,अब छोरो जन्माउदै हेर्नुहोस भिडियो

इनेप्लिज २०७६ मंसिर १२ गते ०:११ मा प्रकाशित

पत्याउन गाह्रो पर्न सक्छ तपाईलाई कुनै २१ बर्षकि महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन ।

अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । सुपर अनलाइन टिभीको टिम इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ । वृद्ध बुबा झन कडा रहेछन उनले अहिले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए ।

आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरेर पहिलो डेटिङ नै गए ।

प्रतिक्रिया