नायिका प्रियंका कार्कीले निर्देशन गरेको पहिलो म्युजिक भिडियो

इनेप्लिज २०७६ मंसिर ३ गते ३:५६ मा प्रकाशित


अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रियंककाले निर्देशन गरेको यो पहिलो म्युजिक भिडियो हो । बाल गायिका आयुष्का खनियाँको मेरै लाहुरेले बोलको गीतको म्युजिक भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् । गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ ।

अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन् । उनको निर्देशनमा तयार भएको वेभ सिरिज अहिले युट्युबमार्फत सार्वजनिक भईरहेको छ ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ÷मास्टरिङ भने किसोर थापाले गरेका हुन् ।

काठमाण्डौको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन् । रेडियो अडियो मिडिया पार्टनर तथा शुभ मिडियाको निर्माण व्यवस्थापनमा छायांकन भएको म्युजिक भिडियोको सम्पादन सन्देश शाह तथा रङ संयोजन रेनिश फागोले गरेका हुन् ।

प्रतिक्रिया